जसपा आधिकारिकता विवाद: सनाखत गर्न आयोग पुगेका रेशम चौधरीले लिए यस्तो निर्णय

जसपा आधिकारिकता विवाद: सनाखत गर्न आयोग पुगेका रेशम चौधरीले लिए यस्तो निर्णय

साउन ११, काठ्माण्डौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्।

योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।

रेशमलाई डिल्लीबजार कारागारबाट सनाखतका लागि सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालयमा लगिएको थियो। उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो।

शीर्ष समाचार

धेरै पढिएको