July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
एमाले उपाध्यक्ष भिम रावलले लगाए नेता माधव नेपाललाई गम्भीर आरोप

एमाले उपाध्यक्ष भिम रावलले लगाए नेता माधव नेपाललाई गम्भीर आरोप

साउन ०६, काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधव नेपालमाथि गम्भीर आरोप लगाएका छन् । उनले माधव नेपालकै कारण आफू लज्जित हुनुपरेको समेत बताएका छन् । उनले आफू राजनीतिक रूपमा बेबकुफ बनेको भन्दै बेवकुफ बनाउने काम माधव नेपालले गरेको बताएका छन् ।

रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएपछि रावल निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरू राजीनामा फिर्ता गराउन काठमाडौं आएका छन् । राजीनामा फिर्ता लिन दवाव दिन आएका नेताहरूसँग ब्रिफिङ गर्दै रावलले राजनीति नै सिध्याउनेगरी आफूलाई बेवकुफ बनाउन खोजिएको बताएका थिए ।

पछिल्लो समय रावलले ओलीलाई साथ दिएको र नेपाललाई गलाउन खोजेको आरोप लागिरहेका बेला रावलले आफू निकटसँग यस्तो ब्रिफिङ गरेका हुन् । सुदूरपश्चिमका नेताहरूले भने प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

रावलले आफूलाई लज्जित पार्ने काम गरेपछि माधव नेपाल समुहले नै ओलीपक्षमा लागेको प्रचार गरेको समेत बताएका थिए । रावलले आफ्नो राजनीति सिध्याउने मनसायले नै कार्यदलको संयोजक बनाइएको बताएको एक नेताले बताए । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले आफ्नो सम्योजनामा १० बुँदे सहमति गरिसकेको बेला नेपालले भने त्यसलाई अस्विकार गरेको उनले आरोप लगाएका थिए ।

‘मलाई संयोजक बनाइयो तर संयोजकले गरेको सहमति अस्विकार गरेर अपमान गरियो’ उनले नेताहरूसँग भनेका थिए । नेता रावलले त्यसै कारण पनि आफू राजिनामा दिने अवस्थामा पुगेको बताएका थिए । तर नेताहरूले भने राजिनामा फिर्ता लिन दवाव दिएका थिए । नेताहरूले आग्रह गर्दा रावलले यो राजीनामा फिर्ता लिन नसकिने बताएका थिए ।

रावलले आफूलाई संयोजक बनाएर पठाइसकेपछि कार्यदलले गरेको सहमति नेपालले मान्नुपर्ने भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । उनले नेता नेपाललाई पटकपटक मस्यौदा समेत देखाएर सहमति गरिएको र त्यसलाई पनि अस्विकार गर्दा झनै पिडा भएको बताएका थिए । नेताहरूसंग उनले अहिले नयाँ पार्टी बनाउने अवस्था पनि नभएको बताएका थिए ।

उनले पछिल्ला केहिदिनमा आफूलाई ओलीसंग मिलेको आरोप लगाउन थालिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । उनले सरकारलाई समर्थन गरे माधव नेपाल पक्ष भइने र नगरे केपी शर्मा ओली पक्ष भइने अवस्था सिर्जना भएकाले आफूले राजीनामा दिएको बताएका थिए।

यसअघि नेता नेपाललाई उचालेर पार्टी बिभाजन गर्नुपर्छ भनेका रावलले अहिले भने सहमति पालना गरेर एमाले एकतामा जानुपर्ने बताएका छन् ।

हिमालपोस्ट बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको