भिम रावलले दिए सांसद पदबाट राजिनामा

भिम रावलले दिए सांसद पदबाट राजिनामा

साउन ०३, काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता रावलले आफूले राजीनामा दिएको बताएका छन् ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

रावलले भने, ‘म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो । यो खेलबाट अलग हुनलाई राजीनामा दिँदैछु । मलाई साथीहरूले रोक्न खोजे पनि मेरो निर्णय हो यो ।’

शीर्ष समाचार

धेरै पढिएको