July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
एनआरएनए ( NRNA ) जापानको बरिस्ठ उपाध्यक्ष पदमा कार्कीको उम्मेदवारी घोषणा

एनआरएनए ( NRNA ) जापानको बरिस्ठ उपाध्यक्ष पदमा कार्कीको उम्मेदवारी घोषणा

असार २८, सल्यान । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।

एनआरएनएको अभियानमा एक दशक भन्दा लामो समयदेखि क्रियाशील रहेका कार्की नायोया क्षेत्रको क्षेत्रीय संयोजक समेत भैसकेका छन । सो क्षेत्रको संयोजक हुदा कार्कीले संस्थागत रूपमा धेरै सकारात्मक सुधारहरु गरेको दाबी गर्छन ।

एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न र टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्न पनि आफूको उत्तीकै योगदान कार्कीले बताउछन । साथै नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गरि नेपाललाई चिनाउन भूमिका निर्वाह गरेको कार्कीको भनाई छ।

एनआरएनए जापानले आगमी कार्यकाल (२०२१ -२०२३)का लागि चुनाव आगामी २५ जुलाईमा हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको