July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
बालबालिका लाई राहत वितरण

बालबालिका लाई राहत वितरण

असार १८, सल्यान । दलित विकास समाजले सल्यान जिल्लाका ६ वटा गाँउ तथा नगरपालीकामा ७२ वालवालीकालाई राहत वितरण गरीएको छ ।

प्राथामीक तहमा अध्ययनरत वावुआमा गुमाइ अरुको आश्रयमा वसोवास गरीरहेका तथा कोभिड संक्रमण भएका अविभावकका शारदा नगरपालीका र वागचौर नगरपालिका भित्र वसोवास गर्ने वादी समुदाएका ७२ जना वालवालीकाहरुलाई तिन हजार वरावरको चामल,नुन,तेल सावुन मास्क लगाएतका राहत सामाग्री हरु वितरण गरीएको हो ।

जिल्लाको वागचौर नगरपालीका देखि कुपुरकोट सम्मका साक्षरता कार्यक्रम संचालन भएका विद्यालय तथा साक्षरता कार्यक्रम संचालन नभएका अन्य विद्यालयहरुका बालबालिकाहरुलाई जिल्ला प्रशाशन कार्यलय तथा स्थानीय पालिका हरुको समन्वयमा राहत सामाग्री हस्तान्तरण गरीएको हो ।

रुम टु रीड तथा पढनको लागी कोठाको सहयोगमा संचालन भईरहेको साक्षरता कार्यक्रम अन्र्तगत आपतकालीन राहत सहयोग उपलव्ध गराइएको थियो भने जिल्ला प्रशाशान कार्यलय सल्यान र स्थानीय पालीकाका शिक्षा शाखा र स्थानीय तहले वितरणका लागी सहजिकरण गरेका थिए ।

स्थानीय तह तथा जिल्ला प्रशाशन कार्यलयको अनुरोध तथा समन्वयमा दलित विकास समाज सल्यानले रुम टुरीड आर्थीक सहयोगमा उक्त राहत सामाग्रीवितरण गरीएको हो ।

शीर्ष समाचार

धेरै पढिएको