July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
अभियान्ता ज्ञानेन्द्र शाहीको टिममाथी मध्येरातमा सुर्खेतमा आ’क्र’म’ण

अभियान्ता ज्ञानेन्द्र शाहीको टिममाथी मध्येरातमा सुर्खेतमा आ’क्र’म’ण

जेठ २९, सल्यान । १० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहामा अभियान्ता ज्ञानेन्द्र शाहीमाथी मध्येरातमा सुर्खेतमा आक्रमण भएको छ ।

गयराती उनी लगाएत उनको अभियानमा हिडेका कलाकार तिलक बस्नेत र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गरेका छन ।

उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ, तर ग्यानेन्द्र शाही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।”

घटनाको विस्तृत विवरण आउन बाकि छ ।

शीर्ष समाचार

धेरै पढिएको