September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
बनगाडमा स्वास्थ्य शाखा प्रमुखले अनुमति नदिदा एम्बुलेन्स चालकले बिरामी बोकेनन, बिरामीको मृत्यु

बनगाडमा स्वास्थ्य शाखा प्रमुखले अनुमति नदिदा एम्बुलेन्स चालकले बिरामी बोकेनन, बिरामीको मृत्यु

दुर्गा विसि / बैशाख ७, सल्यान । अवेर राति ११ वजे श्वासप्रश्वासमा समस्या देखिए पछि बनगाड कुपिण्डेकाे आइसुलेसन पुर्याएका व्यापारी भाेला प्रसाद वुढाकाे ज्यान गएको छ ।

काेभिड आंशकामा घरपरिवारले अस्थाई काेभिड अस्पतालमा पुर्याए, तर त्यहाँ उपचार असम्भव देखिए पछि उनिहरु एम्बुलेन्सको खाेजिमा लागे ।

रातभर नगरकाे एम्बुलेन्स चालक र स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेललाई सयौं पटक फाेन डायल गर्दागर्दै विरामिका अाफ्न्त हैरानीमा परे । एम्बुलेन्स खाेज्दा खाेज्दै वुढाकाे विहान पौने ५ वजेतिर मृत्यु भयाे ।

“समयमै एम्बुलेन्स पाएको भए दाइलाइ वचाउने प्रयास हुने थियोे तर नालायक स्वास्थ्य शाखा संयोजकको खराब रबैया कारण दाइले ज्यान गुमाउनु पर्यो” बहिनी भुमा वलीको भनाइ छ ।

एम्बुलेन्स चालक दलवहादुर पुन र स्वास्थ्य शाखा संयोजक पोख्रेलको घर धाउदाधाउदै विरामिकाे मृत्यु भएको जनाएकाे छ । चालक कहाँ पुग्दा शाखाकाे अनुमानि चाहिन्छ भन्ने जवाफ पाए पछि पिडित पुनः पोख्रेलको घर पुगेका थिए, तर पोख्रेलको परिवारले शाखा प्रमुख घरमा नभएको जानकारी दिए तर पोख्रेल घरमै सुतिरहेकाे वुझिएको छ ।


शाखा संयोजकले हाल आएर अाफु विरामि भएको, फाेन साइलेन्ट्मा रहेकोले फाेन रिसिभ हुन नसकेको जनाए पनि विरामिका अाफ्नत खाेज्दै घरमा पुग्नु र घरमै नभएकाे ढाँट कुरा वाेल्नुले झन स्थानीय आक्रोशित वनेका छन् ।

फाेन रिसिभ नगरे पछि एम्बुलेन्समा विरामि लिन उनिहरु घरमै वाेलाउन पुगे तर त्यहाँ पनि वदमासि झुट कुरा गरेको मृतकका अाफ्न्तकाे भनाइ रहेको छ ।

नगरकाे अाइसुलेसन जस्तो गम्भीर ठाउँमा करारका अल्लारे अनुभव नै नभएका स्वास्थ्यकर्मी राखिएको छ । उनिहरु काेराेना विरामि टाढाबाट टुलुटुलु हेर्न मात्रै सक्छन्,अरु केही गर्ने नसकेको विरामिहरुकाे भनाइ छ ।

गम्भीर खाले विरामि पुगे भाग्ने गरेको समेत खुलेको छ ।मृतककाे बहिनी भुमा वलि देवस्थल स्वास्थ्य शाखाकाे इन्चार्ज समेत हुन तर स्वास्थ्य शाखा संयोजकले दिनदिनै अनियमित काम गरेको, उनले शाखा संयोजक हुदा गरेको सबै कामकाजकाे फेरिस्त हिसाब सार्वजनिक हुनुपर्ने जनाइन् ।

औसधि खरिद देखि अन्य कामकाज समेत पोख्रेलको धेरै वदमासि रहेको अाराेप लगाइन। कमिसनका खेलमा शाखा संयोजक भुलेकाे समेत अाराेप लगाएकि छन् ।अस्पतालहरुमा सिटामाेल छैन तर वर्षेनि करोडौंकाे औसधि खरिद हुन्छ त्यो कहाँ जान्छ,कुन ठेकेदारले कुन सेटिङमा ठेक्का लिन्छ,त्यो उनलाई मात्रै थाहा हाेला,यी सबै क्रियाकलापको यहाँका जनता माझ सार्वजनिक गर्न वलिको मासमा आक्रोश रहेको थियोे।

एम्बुलेन्स नपाएकै कारण यस अघि अर्का एकजनाले ज्यान गुमाइ सकेका छन् । आफ्नो गैर जिम्मेवारीपना र लापरबाहीले बुढाको ज्यान गएकोमा स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले बिज्ञप्ति निकालेर माफी मागेका छन।

पोख्रेलले माफी मागेपछि आफन्तले शव उठाउएका छन । यश अघि वासुदेव पोख्रेललाई शाखाबाट नहटाउदा सम्म शव नउठाउने अडानमा अाफ्न्त रहेका थिए । उनलाई कारवाहिकाे लागि नगरपालिकामा निवेदन दिएका थिए ।

काेराेनासँग मिल्दोजुल्दो लक्ष्यण भए पनि वुढाकाे एन्टिजेन रिपोर्ट भने नेगेटिभ अाएको छ । पुनः पिसिआर स्वाव पठाएको छ ।

नगरपालिका को जिम्मेवार स्वास्थ शाखा प्रमुखले सामान्य सुचना, जानकारी दिन समेत कन्जुस्याइँ गर्ने, नागरिकलाई अफ्ठेराे पर्दा फाेन रिसिभ नगर्ने जस्ता कार्यको चौतर्फी विराेध भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको