September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
राष्ट्रिय सभा सदस्य पदको उप- निर्वाचन स्थगन गर्न ध्यानाकर्षण

राष्ट्रिय सभा सदस्य पदको उप- निर्वाचन स्थगन गर्न ध्यानाकर्षण

जेठ ०५, काठमाडौँ । राष्ट्रिय सभा सदस्य  पदको बिहीबार हुने निर्वाचन स्थगन गर्न नागरिक अभियानले ध्यानाकर्षण गराएको छ।

नागरिकको स्वास्थ्य र मानवीय पक्षको सरोकारका विषयमा वास्ता नगरी हुन गइरहेको उक्त मतदान स्थगन नभएको भन्दै नेपाल नागरिक अभियानले ध्यानाकर्षण गराएको हो।

‘केही दशकयता मूल्यहीन राजनीति र अनुत्तरदायी प्रवृतिले सनातन धर्म र संस्कार पद्धतिलाई परित्याग गराई नेपाली मौलिकता र राष्ट्रिय स्वाभिमानलाई उपेक्षा गर्नाले परावलम्वी निरीह बन्दै आएको पीडा सबैले अनुभव गरेको तीतो सत्य हो’, नेपाल नागरिक अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘विभिन्न राजनीतिक वादका नाममा २००७ सालदेखि २०७८ सालसम्म ४० पटक प्रधानमन्त्री बने । हुनु नहुनु भयो तर नेपाल र नेपालीको हकहितका लागि उल्लेख्य केही भएन । ०४७ सालको संविधानलाई नासेर आएको ०७२ सालको संविधानले सबै समुदायलाई समेटेर सनातन पहिचानको संरक्षण र सम्बद्र्धन गर्न सकेको छैन,’ नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठले भनेका छन्।

राष्ट्रिय एकताका धरोहर, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकीसँगको कूटनीतिका जग खलबलिएको उनले बताए।

विद्यमान संविधान अपूरो, सदन कामयाव नहुनु, संविधान बनाउने दलहरू र नेताले त्यसको स्वामित्व ग्रहण नगर्नु, दुईतिहाइ बहुमतको सरकार अल्पमतमा पुग्नु, दलगत गुटवन्दी हाबी हुनु, प्रतिपक्ष अनिर्णय र मुकदर्शक रहनुलगायत दृष्टिले नेपाल असफल उन्मुख भएको उनको निष्कर्ष छ।

कोरोना कहरको सामना गर्ने कार्ययोजना पेस गर्न सर्वोच्च अदालतबाट आदेश जारी भएको अवस्थामा राष्ट्रपतिबाट पछिल्लो पटक प्रधानमन्त्रीलाई गराइएको शपथको वैधानिकताबारे समेत सर्वोच्चमा रिट पर्नु राज्यको गतिविधिमा प्रदर्शन भएका कमजोर व्यवस्थापनले जनताको मन जित्न नसकेको उनको भनाइ छ।

प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य पदमा जेठ ६ गते मतदान हुने तय भएको छ।

शीर्ष समाचार

धेरै पढिएको