June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
दाउन्नेमा बस दु’र्घटनामा ४ जनाको मृत्यु, ४९ जना घाइते (नाम लिस्ट सहित )

दाउन्नेमा बस दु’र्घटनामा ४ जनाको मृत्यु, ४९ जना घाइते (नाम लिस्ट सहित )

जेठ ५, सल्यान । नवलपरासी पश्चिमकाे दाउन्नेमा भएकाे बस दु’र्घटनामा ४ जनाकाे मृ’त्यु भएकाे छ भने ४९ जना घाइते भएका छन् घाइतेमध्ये ११ जना गम्भीर छन् ।

काठमाडाैंबाट रुकुमका लागि हिडेकाे ना ५ ख २७१३ नम्बरको बस खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो । दु’र्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए ।

मृ’त्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षीय धनराज घर्ती रहेका छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

त्यस्तै ४९ जना घाइते मध्ये गम्भीर हुने ६ जना रुकुमका र ५ जना सल्यानका रहेकाे प्रहरीले जनाएकाे छ । सल्यानका घाइतेहरुमा पुष्पलाल रेउले, दिपेश शाह, हेमन्त बोहरा, जयलाल रेउले, पुर्णबहादुर रेउले रहेका छन् ।

त्यस्तै रुकुमका अर्जुन पुन, पहल ब. बोहरा, रामलाल बोहरा, अनिल, विरेन्द्र केसी, प्रेम बहादुर खत्री गम्भीर रहेका छन् । गम्भीर घाइतेहरुकाे युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको छ।

अन्य सामान्य घाइतेहरुकाे अन्य अस्पतालहरुमा उपचार भैरहेकाे छ ।

बस भीरबाट १ सय ५० मिटर तल खसेको हो । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।

शीर्ष समाचार

धेरै पढिएको