June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
यी हुन्, सरकारले प्रस्ताव गरेका ११ राजदुत : पूर्वमन्त्रीदेखि पूर्व मेयरसम्म (सूचीसहित)

यी हुन्, सरकारले प्रस्ताव गरेका ११ राजदुत : पूर्वमन्त्रीदेखि पूर्व मेयरसम्म (सूचीसहित)

जेठ ०१, काठमाडौं । सरकारले बिभिन्न ११ मुलुकमा राजदूत नियुक्तिका प्रस्ताव गरेको छ ।  मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो ।

एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताएका छन् । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।

त्यस्तै सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल,पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

प्रस्ताबित राजदूतहरू यसप्रकार छन्

१ःनिर्मलराज काफ्ले- अष्ट्रिया
२ः जीवनप्रकाश श्रेष्ठ- इजिप्ट

३ः रमेशचन्द्र पौडेल- श्रीलंका
४ः कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया

५ः सुम्निमा तुलाधर- अष्ट्रेलिया
६ः जंगबहादुर चौहान- रुस

७ः नारायणप्रसाद संग्रौला- म्यानमार
८ः युवराज कार्की- बहराइन

९ः कुलप्रसाद नेपाल- ब्राजिल
१०ः सुमित्रा सुवेदी- डेनमार्क

११ः मेराज मुसलमान- साउदी अरेबिया

शीर्ष समाचार

धेरै पढिएको