June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
राष्ट्रिय सभा बादल सँग खिमलाल लड्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले के भने ?

राष्ट्रिय सभा बादल सँग खिमलाल लड्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले के भने ?

वैशाख २५, काठ्माण्डौ । राष्ट्रिय सभा बादल सँग खिमलाल लड्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नेता बादल सँग खिमलाल देवकोटाको तुलना हुन नसक्ने बताएका छन ।

शनिबार समाजिक संजाल मार्फत उनले भनेका छन – “जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।”

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको चर्चा थियो ।

जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेको थिएन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। सोही साझा गठबन्धनबारे पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन ।

शीर्ष समाचार

धेरै पढिएको