June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
कांग्रेस कार्यवहाक सभापति र विराटनगरका मेयरको गाडी कोडिभ बिरामीको सेवामा

कांग्रेस कार्यवहाक सभापति र विराटनगरका मेयरको गाडी कोडिभ बिरामीको सेवामा

वैशाख २५, मोरङ । कोरोना संक्रमित बिरामीलाई अस्पताल पुराउनका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेले गाडी उपलब्ध गराएका छन्।

महानगरपालिकामा संक्रमितको संख्या बढ्दै गएको र अस्पताल लैजान सकस भएकाले आफूले प्रयोग गर्दै आएको को १ झ ४९४ नम्बरको टोयोटा फर्च्युनर सवारी संक्रमितलाई अस्पताल पुराउनका लागि एम्बुलेन्सका रुपमा उपलब्ध गराएको महानगर प्रमुख पराजुलीले जानकारी दिए।

कार्यवहाक सभापति न्यौपानेले आफूले प्रयोग गर्दै आएको महिन्द्रा एक्सयुभी ५०० बा १५ च ६३२२ नम्बरको गाडी नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिए। शुक्रबार बेलुका मेयर पराजुली र कार्यवहाक सभापति न्यौपानले सवारी प्रदान गरेका हुन् ।

दुवै सवारीको जिम्मेवारी महानगरपालिका नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले सम्हाल्ने मेयर पराजुलीले जानकारी दिए।

सवारीसाधनमा लाग्ने इन्धन महानगरपालिका र सवारी चालकको खर्च भने पराजुली र न्यौपानेद्धयले व्यहोर्ने बताइएको छ।

महानगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिड १९ संक्रमितका लागि निः शुल्क परिचालन गरिरहेको छ। तर, संख्या दिनानुदिन बढ्दै गर्दा बिरामी र आफन्तलाई समस्या आउन नदिन दुवैले गाडी सेवाका लागि थप गरेको बताएका छन्।

दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुनेछ। न्यौपानेले गत वर्ष पहिलोपटक व्यक्तिगत प्रयासमा संक्रमित बिरामीको घरघरमा अक्सिजन उपलब्ध गराएका थिए।

विराटनगर महानगरपालिकामा शुक्रबार १ सय ७१ पुरुष र १ सय ९२ महिलागरि कुल ३ सय ६३ जनाका संक्रमण पुष्टि भएको छ।

महानगरपालिकामा हालसम्म २ सहजा ५ सय ४७ जनामा संक्रमण पुष्टि भइसकेको महानगर कोभिड १९ संयोजक हैदर अलीले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको