टिमुरले उचित मुल्य नपाउदा किसानहरू चिन्तित

टिमुरले उचित मुल्य नपाउदा किसानहरू चिन्तित

पुष्कर बिसि  

पौष ०६ सल्यान।

यस वर्ष उत्पादित टिमुरले उचित मूल्य नपाए पछि सल्यानका टिमुर उत्पादक कृषकहरु चिन्तित बनेका छन्।गतबर्षको तुलनामा यस वर्ष टिमुरको मुल्यमा भारी गिरावट आएपछि उनिहरू चिन्तित बनेका हुन।

मेहनतका साथ खेति तथा संकलन गरिएको टिमुरले अपेक्षाकृत बजार मूल्य नपाएपछि  ब्यबसायिक रुपमा टिमुर खेति गर्दै आएका किसानहरू समेत हतोत्साहित भएका छन।घटेको मुल्यमा समेत एकरुपता नभएकोले संकलन गरिएको टिमुर घरमै थनक्याउन किसानहरू बाध्य भएको छत्रेश्वरी ३ सल्यानका किसान धर्मलाल पुनले बताउनु भयो।दुर्गम ठाउबाट घन्टौ बोकेर बजारसम्म पुर्याउनु पर्ने  समस्याका बिच उचित मूल्य पनि नपाएपछि किसानहरु निरास बनेका छन।

सल्यान ,टिमुर उत्पादनका हिसाबले राम्रो जिल्ला मानिन्छ।गत बर्ष किसानहरूले टिमुर प्रतिकिलो रू.७५० का दरले बिक्रि गरेका थिए भने टिमुर बाट मात्रै जिल्लामा करोडौ रकम भित्रिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको