May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
तीन युवाले १४ वर्षीया बालिकालाई पेट्रोल छर्किएर आगो लगाए

तीन युवाले १४ वर्षीया बालिकालाई पेट्रोल छर्किएर आगो लगाए

वैशाख २०, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको समूहले पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएको छ । घटनापछि तीनै जना युवाहरु फरार रहेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति ती बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगो लगाउने क्रममा बालिकाको शरीरका कपडा जलेका छन् भने उनी घाइते भएकी छन् ।

त्रिवेणी नगरपालिका–८ पन्तालीकी पीडित बालिकाको अहिले जिल्ला अस्पताल बाजुरा ल्याइ उपचार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराका अनुसार आगो लागेर बालिका सख्त घाइते भएकी छन् । साथै घटनापछि फरार युवाहरुलाई प्रहरीले खोजी जारी रहेको बताइएको छ ।

राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पेट्रोल छर्की आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गिरीसहित तीनैजनालाई पक्राउ गरी मुलुकी अपराध संहिता १९२ को ‘क’अनुसार मुद्दा चलाउने पनि प्रहरी प्रमुख महराले बताए ।


-अन्नपूर्ण पोस्ट बाट

शीर्ष समाचार

धेरै पढिएको