May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानमा १४ वर्षीया बालिका माथी सामुहिक बला’त्कार

सल्यानमा १४ वर्षीया बालिका माथी सामुहिक बला’त्कार

बैशाख १६, सल्यान । सल्यानमा १४ वर्षीया बालिका माथी सामुहिक बलात्कार भएको छ ।बलात्कारको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका निवासी २ जना युवकलाइ पक्राउ गरेको छ ।

बालिकालाइ बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीका आधारमा आरोपित बनगाड कुपिण्डे नगरपालिका निवासी १६ वर्षीय र १७ वर्षीय युवकलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

कक्षा ८ मा अध्यनरत पीडित बालिका माघ १० गते स्कुलबाट घर फर्किइन् । खाजा खाएर स्कुलको होमवर्क सकाएर दैनिक खाना पकाउने काम गर्नुभयो । सो समयमा बहिनी खेल्न निस्कीएकी हुनाले बेलुका बहिनी खोज्न घर बाहिर निस्केकी ती बालिकालाइ छिमेकी युवाहरुले समातेर नजिकैको गोठमा लगे ।

एउटाले मुख बन्द गरेको थियो भने अर्को युवाले उनिलाइ समाएर बाख्रा बाध्ने गोठमा लगेपछि पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताउनुभयो ।

घटना हुँदा बुवा र आमा मजदुरीका लागी भारतमा थिए

आर्थिक अवस्था कमजोर भएको पीडित बालिकाका बुवा र आमा मजदुरीका लागी भारतमा रहेको र बालिका सहित दुइ दिदी बहिनी हजुर आमा संग बस्दै आएका थिए । बालिकाको बुवा र आमा रोजगारीका लागी भारतमा रहेको र बालिका आप्mनो बहिनी सहित हजुरआमा संग बस्दै आएको समयमा घटना भएको हो ।

घटना पछि बालिकाको स्वभाव परिवर्तन भएको थियो । एकान्तमा बस्न र कसैसंग धेरै बोल्न न रुचाउने उनि रातीको समयमा चिच्याउने गर्थिन बालिकाको हजुरआमाले भन्नुभयो मैले पछक पटक सोधें तर नातिनीले केही भनिन। आरोपितहरुले घटना बारे कसैलाइ भनेमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाइ भन्न नसकेको परिवारले जनाएको छ ।

छिमेकीहरु बाटनै यस्तो घटना भएपछि बालिकाले आत्मह’त्या गर्ने समेत प्रयास गरेकी थिइन् । आफ्नो पीडा कसैलाइ सुनाउन नसकेकी उहाँले आत्मह’त्या गरेपछि कसैलाइ केही थाहा पनि नहुने र परिवारलाइ पनि कुनै आक्षेप न लाग्ने हुनाले यस्तो प्रयास गरेको उहाँले बताउनुभयो ।

माघ महिना देखी महिनावारी समेत नभएकी बालिकाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको छ । बिहिवार स्वास्थ्य परिक्षण गरिए पनि रिपोर्ट आउन भने बाँकी छ । घटना पछि आरोपितलाइ हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो समय बालिकामाथी निरन्तर बलात्कार तथा बलात्कार प्रयासका घटनाहरु दिनानुदिन बढ्दै गइ रहेका छन् । यस सम्बन्धी सचेतना का कार्यक्रमहरु संचालन भएपनि स्थानीय सरकारले कुनैपनि ठोस कदम भने चालेको छैन् । कतिपय घटनाहरु पैसाको प्रलोभनमा परेर होस्टाइल समेत हुने गरेका छन् ।

कभर खबर बाट ।

शीर्ष समाचार

धेरै पढिएको