June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
सल्यानमा ११ बर्षिया बालिका भगाएर बिबाह गर्ने १४ बर्षिया किशोर पक्राउ

सल्यानमा ११ बर्षिया बालिका भगाएर बिबाह गर्ने १४ बर्षिया किशोर पक्राउ

बैशाख १६, सल्यान । सल्यानमा ११ वर्षीया बालिकालाइ बाल विवाह गरेको आरोपमा जिल्लाको बनगाड कुपिण्डे नगरापलिका निवासी १४ वर्षीय किशोरलाइ प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

बैशाख १३ गते राती खाना खाएर सुती सकेको अवस्थामा स्थानीय किशोरले आफ्नो छोरीलाई भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै गएर छोरीलाइ फिर्ता ल्याएर प्रहरीकोमा पुगेका थिए ।

कक्षा ६ मा पढ्दै गर्दा छोरीलाइ भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरकिा आधारमा आरोपित बालक र बालकका बुवालाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुबै बालबालिका एउटै गाउँका, एउटै स्कुलमा कक्षा ६ मा अध्यनरत रहेको बुझिएको छ । यस घटनामा बाल विवाह संगै बलात्कार समेत भएको भनेर जाहेरी आएकाले सोही अनुसार मुद्धा प्रकृया अगाडी बढाउने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै विवाहमा संल्गन किशोरका ५८ वर्षीय बुवा तथा भाउजुलाइ पनि अनुसन्धानको दायरामा ल्याइएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण बैशाख १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिए पनि रिपोर्ट आइसकेको छैन । घटनाबारे बुधबार म्याद थप गरेर थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको