August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
गण्डकीमा मुख्यमन्त्री गुरुङको सरकार जोगिने संकेत, जनमोर्चाका एक सांसद अनुपस्थित

गण्डकीमा मुख्यमन्त्री गुरुङको सरकार जोगिने संकेत, जनमोर्चाका एक सांसद अनुपस्थित

बैशाख १५, पोखरा । अविश्वास प्रस्तावमाथि मतदानकै दिन राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही अनुपस्थित भएका छन् ।

सांसदले बोल्ने क्रम सकिन लाग्दासम्म उनी संसदमा आएका छैनन् । कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जसपा सांसद धनमाया लामा गाडी लिएर खोज्न निस्किए पनि शाही भेटिएनन् ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदैछ । तर, उनी नआए मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुनेछ । उनी मतदानको समयसम्म नआए अविश्वास प्रस्ताव ल्याएका दलको पक्षमा ३० मत पुग्छ । अविश्वास प्रस्ताव पास गर्न ३१ मत आवश्यक हुन्छ ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका गुरुङ माओवादी र एमाले एकजुट भएर पार्टी एकता गरेपछि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए। तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको