July 30, 2021, Friday
२०७८ श्रावण १५, शुक्रबार
दार्मा गाउँपालिकामा भएका कमजोरी र सुधार्नुपर्ने पक्षहरु

दार्मा गाउँपालिकामा भएका कमजोरी र सुधार्नुपर्ने पक्षहरु

नबिन केसी
दार्मा ६, सल्यान

बैशाख १५, सल्यान । दार्मा गाउँपालिकाको नेतृत्व गर्नु भएका नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउँपालिका सल्यानका अध्यक्ष आदरणीय निम बहादुर केसी अरुण, उपाध्यक्ष टीका शर्मा ओली, ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य र कर्मचारी मित्रहरूलाई मेरो तर्फ बाट हार्दिक सम्मान व्यक्त गर्दछु ।

जनप्रतिनिधि हाम्रो अभिभावक हो । हाम्रो मागलाई सम्बोधन गर्नु पर्छ तर ५ बर्ष बितिसक्दा पनि किन मुहार फेरेन दार्मा गाउँपालिकाले ? दार्मा सरकार जवाफदेहि हुनै पर्छ । सरकारमा आबद्ध आदरणीय अग्रज ब्याक्तित्वहरु म केही राम्रा / नराम्रा पक्षहरु र सुधार्नु पर्ने पक्ष लाई प्रस्ट्याउन चाहान्छु ।

१. हामिले चुनाब जिताउदा यो कल्पना गरेका थिएनौं कि बाह्रै महिना गाडी गुड्ने रोड नहोला । बिजुली बत्ती सबै वडामा नआउला । नेताहरुको मन चुनाब जित्दा जस्तो छ, जितेपछि त्यो भन्दा फरक होला तर आज आएर यस्को बिपरित भयो ।

म आग्रह गर्दछु – जनप्रतिनिधि भनेको बगैंचा भित्र पाकेको सुन्तला हो । गुलियो छ भने सबैले मन पराउछन र अमिलो भए फालेर अर्को रोज्छ्न । त्यसैले चुनाब जित्दा गरेका बाचा पूरा नभए नतिजा नराम्रो आउन सक्छ । एकपटक सोचौं ।

योजना टिपाउदा एउटै योजना लाई पनि ३ पटक टिपाउदा सम्म प्राथमिकतामा पर्दैन भने अब किन टिपाउने ? अब आश किन गर्ने ? हामीलाई सबै पूरा भयो अब किन कि रोड माग गर्ने हो भने हाम्रा दिन रात गुड्ने गाडी छैनन । खानेपानी माग्ने हो भने पानी नखाइ बसेको मेरो सात पुस्ता पहिलेको परिवार पनि होइन अनि किन माग्ने अब नपुगेको के नै रहेछ र ?

अहिले सम्म गरेका काम :

१. वडामा पशु शाखा राखियो यो उत्कृष्ट काम हो तर जन्ताले सेवा सुबिधा किन पाएनन ?

२. खानेपानीको कल्पना नै नगरेको ठाउमा पानी लिफ्ट मार्फत पुग्यो यस्को लागि धन्यवाद तर कतै नापेको ठाउँमा नदिने र ननापेको ठाउँसम्म पुर्याउनु को कारण के ?

३. बिजुलि लाइन बिस्तार हुदैछ। राम्रो काम हो तर किन ढिलासुस्ती भयो अनुगमन गरेको खै ? पोल र तारमा क्वालिटी कम किन भो ?

४. गरिब दुखी ले जागिर पाए तर ती कर्मचारीलाई दिनदिनै किन सरुवा गरेको ? यसो गर्दा कसैको मन दुखेन ?

५. पहिलो बर्ष योजना परेर सुरु भयको मोटर बाटो खै भनेको ठाउँ सम्म पुर्याएको किन प्राथमिकता दिइएन ?

६. आफ्ना भनाइ तथा माग राख्दा बिरोधि हो भन्नू जायज होइन होला । आलोचना गर्नेलाई किन टार्गेट पार्नु पर्यो ?

७ . बिरामिलाइ सहज होस भन्ने सोचले गापाले एम्बुलेन्स खरिद गर्यो यो राम्रो काम हो तर सुन्नमा आयको कुरा भाडा बढी लियो किन ?

यी सबै प्रश्नको जवाफ हामिलाइ चाहिन्छ । धन्यवाद ।

 

शीर्ष समाचार

धेरै पढिएको