August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
मोटरसाइकलमा धेरै खर्च भइरहेकाे छ ? यी कुरामा ध्यान दिए खर्च कम हुनसक्छ

मोटरसाइकलमा धेरै खर्च भइरहेकाे छ ? यी कुरामा ध्यान दिए खर्च कम हुनसक्छ

बैशाख १४, काठमाडौं । यदि तपाईं आफ्नो मोटरसाइकल सधै ठीक राख्न चाहानुहुन्छ भने तपाईंले केही महत्वपूर्ण चीजहरूको ख्याल राख्नु पर्छ ।

नेपालको खराव सडकमा मोटरसाइकल गुडाउँदा आउने समस्ययासँग सजग रहेर मोटरसाइकलका केही पाटर्समा ध्यान दिने हो भने बीच बाटोमा मोटसाइकलले दुःख दिदैन भने केही बिग्रिएपनि धेरै खर्च गर्नु पर्दैन ।

एउटा मोटरसाइकलमा धेरै पार्टसहरु हुन्छन् । विशेषगरी केही यस्ता पार्टसको ध्यान राखेमा चाँडो सर्भिसिङ समेत गरि राख्नु पर्दैन ।

समय–समयमा मोबिल चेक

मोटरसाइकलको मोबील समय–समयमा जाँच गरि राख्नुपर्छ । यदि तपाईंको इन्जिन आयाल कम हुँदैछ भने यसलाई टप–अप गर्न सक्नुहुनेछ । प्रायः इन्जिनको तेल सुक्ने गर्छ जसले गर्दा इन्जिनमा ठुलो नोक्सानी हुने गर्छ । त्यसैले इन्जिनको तेल सही मात्रामा रहनु जरुरी छ ।

एयर फिल्टर सफा गर्ने

तपाईंको बाइकमा रहेको एयर फिल्टर एकदमै राम्रो कन्डिसनमा हुन जरुरी हुन्छ । त्यसकारण बाइकको एयर फिल्टर सधै सफा राख्नुहोस् र निश्चित समयमा एयर फिल्टर परिवर्तन गर्ने गर्नुहोस् ।

ब्याट्री जाँच गर्ने

मोटरसाइकलको ब्याट्रीलाई समय समयमा जाँच गरिरहनु पर्छ अन्यथा यसले दुःख दिनसक्ने खतरा रहन्छ । मोटरसाइकलको ब्याट्री लिक भएको छ या छैन भन्ने निश्चित गरी लिक भएको खण्डमा यसलाई तुरुन्तै परिर्वतन वा मर्मत गर्नु पर्ने हुन्छ ।

स्पार्क प्लगमा ध्यान दिने

सर्भिसिङ गर्दा स्पार्क प्लग अनिर्वाय चेक गराउनु होला, १५०० देखि २००० किलोमिटर मोटरसाइकल गुडेपछि यसलाई परिवर्तन गर्नुहोस् । यदी स्पार्क प्लग बिग्रेको छ भने बाइक स्टार्ट गर्दा समस्या आउने गर्छ ।

टायर

अर्को बाइकमा समस्या आउने भनेको टायरमा हो, त्यसैले टाएरमा एयर प्रेसर जाँच गरेर राख्नुहोस् । बाइकको टायर घिस्रीएमा यसलाई तत्काल परिवर्तन गर्नुहोस् र सधैं ग्रिप भएको टायर प्रयोग गर्नुहोस् ।

मेराेअटाे बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको