August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
समयमै एम्बुलेन्स नपाएपछि सल्यान बनगाडमा एक युवाको अकालमै ज्यान गयो

समयमै एम्बुलेन्स नपाएपछि सल्यान बनगाडमा एक युवाको अकालमै ज्यान गयो

दुर्गा विसि / बैशाख १४, सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा समयमै एम्बुलेन्स नपाउँदा एक युवाको ज्यान गएको छ । समयमै एम्बुलेन्स नपाउदा केही दिन अगाडि भारतबाट घर फर्केका बनगाड कुपिन्डे नगरपालिका वडा नं १ निवासी वर्ष ४३ का एक युवाले अकालमै ज्यान गएको हो ।

सञ्जिवणी सामुदायिक अस्पताल सल्लीबजारमा उपचार गरेर थप उपचारका लागि सुर्खेत लाग्दा समयमै एम्बुलेन्स नपाउदा उनको मृत्यु भएको हो ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा एम्बुलेन्स भएपनी कागजाति प्रक्रियामै हुदा अझै सञ्चालनमा ल्यान सकिरहेको छैन । बुढाको स्वास्थ्य राती नाजुक वन्दै गएपछि उनका बाबु कुलवहादुर वुढाले रातभर एम्बुलेन्सको जाेह गर्ने प्रयास गरे तर उपचारका लागि लिने साधन कतै भेटिएन । एम्बुलेन्स खाेज्दा खाेज्दा छाेराकाे ज्यान गएको उनको भनाइ छ ।

केही दिन अगाडि भारतबाट घर फर्केका बुढा बिरामी भएपछि सञ्जिवणी सामुदायिक अस्पताल सल्लीबजारमा उपचार गरेर थप उपचारका लागि अबेर सुर्खेत लगिएको थियोे तर त्यहाँ उपचार नभएपछि परिवारले शनिबार उनलाई घर पुर्याईएको थियो ।

बिरामी काेराेना चेकजाँच नभएकोले कोरोना संक्रमण हाे भन्न सकिने अवस्था छैन तर लक्षण भने काेराेनासँग मिल्दोजुल्दो रहेको चिकित्सक भनाइ रहेको छ । वुढाले एम्बुलेन्स खाेज्दै गर्दा नगरकाे अनटेष्ट एम्बुलेन्स ईलाका प्रहरी कार्यलय सल्लीबजारमा रहेको थियोे । विविध प्रक्रिया नपुगे भन्दै उक्त एम्बुलेन्स सञ्चालनमा आएको छैन ।


नगरमा काेभिड-१९काे पूर्व तयारी, आइसुलेसन कक्ष, हेल्थ डेष्क, भारतबाट आएका नागरिककाे अवस्थाको विषयमा जानकारी लिन खाेज्दा जनप्रतिनिधि देखि कर्मचारी कसैकाे फाेन उठेको छैन । नगरमा आइसुलेसन कक्ष नभएको, काेभिड-१९ पुर्व तयारी शुन्य रहेको समाचार नयाँ दृष्टिमा संप्रेशन भएपछि स्वास्थ्य शाखा संयोजक वासुदे पोख्रेलल समाचार लेख्ने पत्रकारलाइ कालाे चश्मा वा आँखा फुटेको भन्दै सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

तालिमको विषयमा पनि चर्काे रुपमा अावाज उठाएको छ ।शाखालाइ सर्वसाधारण नागरिकले यतिबेला तालिम भन्दा महामारीमा ध्यान केन्द्रीकृत गर्न अपिल गरेका छन् । याे कुरा पत्रकारको सराेकारकाे विषय त भयो नै तर अाम सर्वसाधारण नागरिकले उठाएको धारणा प्रती पनि पोख्रेल कुण्ठित बनेका छन् ।

तालीमको बारेमा आएको उक्त समाचारमा खण्डण गर्दै उनले गत कोभिड – १९ रोकथाम तथा व्यवस्थापनमा राम्रो गरेको भएपनी अाफुहरुले फ्रन्ट लाइनमा काम बाफत काेभिड भत्ता नपाएको गुनासो समेत गरेका छन् ।

गत वर्ष बनगाडले काेभिड – १९ रोकथाम तथा नियन्त्रणका सवालमा राम्रो काम गरेको थियोे तर यसपालि भने खासै चासो दिएको छैन । अाज मात्रै सञ्जिवणी सामुदायिक अस्पताल सल्लीबजारकाे टिम काेभिड परिक्षणको लागि मेहलकुना अस्पताल पुगेको छ । नगर स्वास्थ्यलाई चेकअपकाे लागि भन्दा कुनै वास्ता नदेखाएको उक्त अस्पतालका कर्मचारिकाे भनाइ रहेको छ ।

कमजोरी र सुझाव औल्याउँदा समेत नगर स्वास्थ्य शाखाले उल्टै अाफुहरुले राम्रो गरेकाे दाबी गरेको छ । नगरपालिका जस्तो क्षेत्रमा एम्बुलेन्स नपाइ ज्यान जानुपर्ने अवस्था जति गैरजिम्मेवारीपना केही नभएको अर्का स्थानीय पुष्कर विसिकाे आक्रोश छ । “सायद एम्बुलेन्स भए अाज मृत्यु भएका एक युवाको अकालमै ज्यान जाने थिएन ।” यस्तो कुरामा सबै संम्वेदनशिल वन्न समेत विसिकाे विशेष आग्रह छ ।

राति १० वजे देखि एम्बुलेन्स खाेज्दाखाेज्दै करिव १२ वजे अासपासमा बुढाको मृत्युु भएको जनाएको छ । बनगाडमा सर्प दंसका कारण गत वर्ष पनि एम्बुलेन्स नपाइ एक बालिकाकाे ज्यान गएको थियोे ।

शीर्ष समाचार

धेरै पढिएको