August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यानमा एकै दिन ३० जनालाई कोरोना संक्रमण पुष्टि, सिद्ध कुमाख गाउँपालिकाको सेवा बन्द

सल्यानमा एकै दिन ३० जनालाई कोरोना संक्रमण पुष्टि, सिद्ध कुमाख गाउँपालिकाको सेवा बन्द

बैशाख १३, सल्यान । सल्यानमा एकै दिन ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार १७ जनालाइ संक्रमण देखिएकाे सल्यानमा सोमबार एकैदिन ३० जनालाइ संक्रमण देखिएकाे छ ।

आज जिल्ला अस्पतालमा गरिएकाे परिक्षणमा ११, त्रिवेणी गाउँपालिकामा १५ र कुमाख गाउँपालिकामा ४ जनालाइ काेराेना संक्रमण देखिएकाे स्वास्थ्य सेवा कार्यालय सल्यानका काेराेना फाेकल प्रसन रिखाराम पुनले बताए ।

उनकाअनुसार बैशाख २ गतेदेखि यता मात्रै सल्यानमा ९९ जनालाइ काेराेना संक्रमण भएकाे छ ।

जसमा शारदा नगरपालिका वडा नम्बर २ खलंगाका एकजाकाे निधन भएकाे छ । अहिले संक्रमित ९८ जनामध्ये एकजाकाे काठमाडाैं र एकजनाकाे नेपालगञ्जमा उपचार भैरहेकाे छ । उनिहरुकाे स्वस्थ्य अवस्था जटिल रहेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

त्यस्तै ८ जनाकाे स्वास्थ्य कार्यालय सल्यानकाे आइसुलेसनमा उपचार भैरहेकाे छ । बाँकी अन्य भने हाेम आइसुलेसनमा बसिरहेका छन् ।

सिद्ध कुमाख गाउँपालिकाको सेवा बन्द

त्यस्तै सिद्ध कुमाख गाउँपालिकाका अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । गाउँपालिकाको केही कर्मचारीलाई कोरोना संक्रमन पोजिटिभ देखिए पछि बैशाख १४ गतेदेखि १८ गते सम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने बताइएको छ । सोमबार गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले एक सूचना जारी गर्दै सेवा बन्द गरिएको जानकारी गराएका छन ।


त्रीवेणी गाउँपालिकाका सबै परिक्षा स्थगित

त्यस्तै जिल्लाको त्रीवेणी गाउँपालिकामा पनि केही शिक्षक कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि अर्को सूचना प्रकाशित नहुदासम्म सबै परिक्षा स्थगित हुने भएका छन ।सोमबार गापा अध्यक्ष मानबहादुर डाँगीले सूचना जारी गर्दै यस्तो जानकारी गराएका छ्न ।

धेरै भिडभाड हुने कार्यालयमा सेवा प्रबाहमा दिन बाँडफाँड

त्यस्तै कोरोना जोखिम बढेसँगै जिल्लामा धेरै भिडभाड हुने कार्यालयले प्रवाह गर्ने कार्यालयहरूमा सेवालिने दिन बाँडफाँड गरिएको छ। सोमबार बसेको कोभिड १९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिनलाई समय बिभाजन गरेको हो ।


निर्णय अनुसार उत्क कार्यालय बाट सेवा लिने जिल्लाका कपुरकोट, त्रीबेणी, दार्मा, बागचौर र कुमाखका सेवाग्राहिले आइतबार , मंगलबार र बिहिवार आउनुपर्ने छ भने छत्रेश्वरी, शारदा, बनगाड कुपिण्डे, कालिमाटी र सिद्धकुमाखका सेवाग्राही सोमबार, बुधबार र शुक्रबार सेवा लिन पाउने जिल्ला प्रशासन कार्यालय सल्यानले बताएको छ ।

हिजो मात्रै जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पनि केही कर्मचारीलाई कोरोना संक्रमन देखिएपछि बैशाख १३ गतेदेखि १७ गतेसम्म कार्यलयले प्रवाह् गर्ने सेवा बन्द गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको