घरमा आगलागी हुदा सल्यानमा एक जनाको ज्यान गयो

घरमा आगलागी हुदा सल्यानमा एक जनाको ज्यान गयो

मेघा रेउले / सल्यान, ८ वैशाख । सल्यानमा एक घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं.१० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सुती रहेको अवस्थामा घर आगलागी हुँदा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

मंगलबार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको ज्यान गएको अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए । उनी घरमा एक्लै बसेकाले अन्य मानविय क्षति भने नभएको पौडेलको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको