August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यानमा बोलेरो गाडी पसलमा ठोक्कियो

सल्यानमा बोलेरो गाडी पसलमा ठोक्कियो

चैत २८, सल्यान । सल्यान शारदा नगरपालिका ४ साहुटोला बजारमा एउटा बोलेरो गाडी अनियंत्रित भइ स्थानीयको पसलमा ठोक्किएको छ ।

गए राती करिब १२ बजेको समयमा रा १ च १११० नंबरको बोलेरो गाडी स्थानिय गोबिन्द हमालको (ढेप्री) पसलमा ठोक्किएको हो ।

गाडी पसलमा ठोक्किदा गाडी र पसलमा क्षेती पुगेको छ भने कुनै मानबिय क्षेती भने भएको छैन । चालकको अवस्था पनि सामान्य रहेको बताइएको छ । ब्रेक फेल हुदा गाडी अनियंत्रित भएर ठोक्किएको रअहिले गाडी निकाल्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनु भयो ।

आज गाडी धनी र पसल धनी दुबै पक्षलाई छलफलको लागी बोलाईएको बताइएको छ ।

 

शीर्ष समाचार

धेरै पढिएको