September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
अपांगता भएका नागरिकका लागि सल्यानमा शिविर सञ्चालन

अपांगता भएका नागरिकका लागि सल्यानमा शिविर सञ्चालन

दुर्गा विसि / चैत्र २२, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बिकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलाञ्कचाेककाे सहयोगमा बनगाड कुपिण्डे नगरपालिका वडा १ देवस्थलमा शिबिर सम्पन भएको छ ।

शिबिरमा नगरका सबै वडा बाट १८ बर्ष उमेर समुहका शारीरिक अपाङ्गता भएका ५९ जनाकाे ब्यक्तिहरु पहिचान,५९ जनालाई फिजियाे थेरापि साथै ह्विल चेयर, ३ जनालाई साहयक सामग्री बितरण, २ जाेडा बैसाखी वाकर, ४८ जनालाई औषधि वितरण, ५९ जनालाई परामर्श सेवा , ४ जनालाई शल्यक्रिया गर्नेगरी शिबिर सम्पन भएको हो ।

शनिबार मात्रै जिल्लाकाे कालिमाटी गाउँपालिकामा बिकलाङ्ग मित्र समुह र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बाट कालिमाटी गाउँपालिमा शारीरिक अपाङ्गता भयका ५७ जना ब्यक्तिहरुकाे पहिचान गरिएको थियो भने ३५ जनालाई फिजियाे थेरापि ह्विल चेयर, २ जनालाई साहयक सामग्री बितरण गरिएको थियो । त्यस्तै २ जाेडा बैसाखि वाकर, ३६ जनालाई औषधि, ५२ जना लाई परामर्श सेवा, र ६ जनालाई शल्यक्रिया गर्नेगरि कालिमाटीकाे वडा ३ मा शिबिर सम्पन भएको थियोे ।

शिविरमा कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसि, उपाध्यक्ष सहनशीलता वलि लगाएतको उपस्थिति रहेको विकलांग समुहका सल्यान प्रतिनिधि हाेमराज केसिले जानकारी दिनु भएको छ । सल्यान जिल्लाकाे १० स्थानीय तहमै उक्त बिकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलाञ्कचाेकले शारीरिक अपांगता भएका वालवालिकाकाे निशुल्क उपचार र सेवा दिने जनाएको छ ।

बनगाड कुपिण्डेकाे देवस्थल स्वास्थ्य चौकीमा शिविर भनी प्रचारप्रसार भए पनि उक्त शिविर भन्दा तालिमलाई महत्त्व दिएको पाएको छ । शिविर प्रभाकर मावि हुदा टाढाबाट वालवालिका वाेकर अाएका नागरिकले दुखेसो पाेखेका थिए । स्थान अन्तै भएकोले दुख पाएको स्थानीयले जनाए । तर स्वास्थ्य चौकी देवस्थलमा भने तालिम चलिरहेको थियोे । तालिमलाई डिस्ट्रव हुने जनाए पछि साे शिवर विद्यालयमा चलाएको जनाइएको छ ।तालिम भन्दा उक्त शिविर नागरिकका लागि निकै महत्त्वपूर्ण थियोे ।

शीर्ष समाचार

धेरै पढिएको