June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानमा प्रेस चौतारी र प्रेस संगठनको साझा उम्मेदवार मिना बुढाथोकी

सल्यानमा प्रेस चौतारी र प्रेस संगठनको साझा उम्मेदवार मिना बुढाथोकी

चैत २१ सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको नयाँ कार्यसमिति चयनको लागी यहि चैत २५ गते हुन लागेको निर्वाचनमा सभापति पदमा स्वतन्त्र उम्मेद्वारी दिएकी मिना बुढाथोकीलाई नै नेकपा एमाले ( माधब समूह ) निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनले आधिकारिक उम्मेद्वारमा समर्थन गरेका छन् ।


महासंघको सभापति पदमा बिहान सुरुमै उम्मेद्वारी दर्ता गराउनु भएकी बुढाथोकीलाई उम्मेद्वारी दर्ता गर्ने समयको अन्तिममा आएर दुबै संगठनले समर्थन गरेका हुन । बुढाथोकी प्रेस चौतारी कै नेता हुन् ।

चौतारी र प्रेस संगठनको उक्त गठबन्धनको उपाध्यक्षमा तिलक वली, महिला उपाध्यक्षमा सरिता चलाउने, सचिवमा टिकाराम भण्डारी (दिपसागर ) सहसचिवमा हिमाल उपाध्याय र समाबेशी सहसचिवमा बुद्धि पुन रहेका छन भने कोषाध्यक्षमा शिव डाँगी रहेका छन ।

त्यस्तै सदस्यहरूमा भरत देवकोटा, महेश कुमार ओली, इन्द्र बुढाथोकी, अमृत बुढाथोकी, महेश वली, गोबिन्द शर्मा र दलित सदस्यमा शारदा बिक,  महिला सदस्यमा मेघा रेउले रहेका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यमा क्रमश: गीता बोहरा, संन्जिता बस्नेत, गोपाल शर्मा, धनेन्द्र बिमल वली, रमेशकुमार वली, धिरज रावत
र केन्द्रिय परिषद सदस्यमा क्रमश: प्रतीक इच्छुक शर्मा, प्रधुम्न उपाध्याय र प्रगति गीरी रहेका छन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको