July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
संस्मरण : बन्द पिजडा भित्रका तिता अनुभुतीहरु !

संस्मरण : बन्द पिजडा भित्रका तिता अनुभुतीहरु !

• गणेश क्षेत्री ‘प्रभाकर’

इतिहासले बिरलै भेटिने दिनहरुको रचना गर्ने सामार्थ्य राख्दछ यो नै संघर्षमय र समर्पणपुर्ण इतिहासको सुन्दरता हो !!

प्रारम्भ :

मानिस एक सामाजिक प्राणी हो त्यसमा पनि  सर्बोकृष्ट र बुद्धिमानी  प्राणी हो । त्यसकारण समाजको हरेक पक्षहरू प्रती उसको सरोकार हुन्छ यो शाश्वत कुरा हो । यहि गुण म एक मनुष्यमा हुनु कुनै नौलो र अनैठो कुरा होईन, रहेन पनि । किनभने मेरो पनि यो मानव समाजमा उतिकै दायित्व कर्तव्य र जिम्मेवारी छ आवश्यकता छ ।

यहि जिम्मेवारी आवश्यकता परिपुर्ति गर्ने मनसाय बाट म पनि एक छुट्टै विभेद रहित समान उच्च सभ्यता सहितको सुन्दर समाजको परिकल्पना गरेर उदेश्य काधमा बोकेर अगाडी बढदै गर्दा यहि परिकल्पना र उदेश्यले मलाइ राजनीतिमा ल्यायो र यहि राजनीतिले हिरासत जेल नेल र बन्द कोठिकस्टडी सम्म पुर्यायो । घटनाक्रम यसरी सुरु हुन्छ ।

२०७५ फागुन २६ गते हो । म अखिल क्रान्तिकारी सल्यान जिल्ला समितिको १८ औं जिल्ला सम्मेलन बाट निर्बाचित भएर एउटा् गर्बिलोको जिम्मेवारी समाल्ने अवसर प्रदान भयो ! मलाई जिल्लाको विद्यार्थी सङगठनको सचिब जस्तो गरिमामय जिम्मेवारीले मलाई झनै सङगठन आन्दोलन क्रान्ति प्रती अझ ससक्त र प्रतिबद्ध बन्न हौसला प्रदान गर्यो । म वर्गसंघर्षको भट्टीमा  स्पातिलो बन्दै गइरहेको थिए । म आफ्नो जिम्मेवारी र काम कर्तव्य प्रती फिल्डमा निरन्तर लागिरहेको थिए । भखरै भब्य रुपमा समापन गरेको सम्मेलनमा भएको खर्च तिर्न अझै बाँकि नै थियो । सङगठनलाइ सुदृढ तथा बिस्तार पनि गर्दै पनि लैजाने सन्दर्भमा म सुदृढ सङगठन बिस्तार अनि आर्थिक सहयोग संकल्नमा जुटिरहेको थिए ।

यसैक्रमा नेता कार्यकर्ता गैरन्यायिक गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले शान्तिपूर्ण  बन्द हडतालको कार्यक्रम घोषण गरेको थियो । त्यही कार्यक्रम अन्तर्गत बन्द सफल पार्न हामी सबै आ-आफ्नो स्थानबाट जुटिरहेका थियौ । यहि शान्तिपूर्ण  बन्द सफल बनाउने क्रममा सङगठनका पूर्ब सहसचिव कमरेड लाई गिरफ्तार गरेर हिरासतमा राखेको करिब तीन दिन बितिसकेको थियो । म यता निरन्तर आफ्नो कामकाजमा लागि रहेको थिए । यहि शिलशिलाम सङगठन बिस्तार सँगै सहयोगको लागि सदरमुकामका विद्यालय बाट फर्कियर बजारमा पुगेर निकै थकान र भोकोले पनि निकै च्यापेको थियो । यतिकैमा म एउटा रेस्टुरेन्ट भित्र छिरेर बस्न के खोजेको थिए त्यही बेला २ जना प्रहरी हवल्दार सहितको टोलिले मलाई सोधपुछ गर्न थाले त्यसको केही समयपछि असइ सहित प्रहरीको गाडी त्यहाँ आइपुग्यो र ती असइले हतार हतारमा गाडी बाट ओर्लेर मेरो नजिक पुगेर तपाईंलाई सोधपुछ र जानकारीको लागि डिएसपी सापले बोलाउनु भको छ, छिटो जानू पर्यो भन्दै गाडीमा बस्न अनुरोध गरे ।

त्यसपछी मैले जवाफ दिदै भने “मैले कुरा अलि बुझिन नि सर मलाई आज अलि हतार छ भोलीतिर समय मिलायर तपाईंको प्रशासन कार्यलय तिर पसुला नि” भन्ने के जवाफ दिएको थिए । यतिकैमा एकजना हवल्दारले प्रश्न गर्दै भने,”तपाई बिप्लब पार्टीको विद्यार्थी नेता हुनुहुदो रहेछ नि त्यसकारण डिएसपी सापले छलफलको लागि बोलाउनु भएको छ जाउ बरु ।” मेरो वरिपरि हतियार सहित बर्दिवाल सिपाही तैनाथ थिए । सबैले जबर्जस्त धकेलेर गाडिमा बसालेर गाडी जिप्रका तिर हुइकियो ।

केही समय छिनमै गाडी कार्यलय गेट भित्र छिर्यो मलाई ओर्लन अनुरोध गरियो म गाडी बाट तल झरे । मलाई यहि नेर बस्नु भन्दै चारैतिर सिपाही तैनाथ भए । करिब १०मिनेट बितिसक्दा पनि डिएसपी आइपुगेन यतिसम्म कुर्दा नआउने सङकेत देखेपछी चाडो बोलाउन आग्रह गर्दै बिनाकारण नागरिकलाई  पक्राउ गर्नु, दुख दिनु मानव अधिकार हनन गर्नु  हो । म अब जान्छु भन्दै आक्रोशित भए । त्यसपछि एकजना सिपाहीले न आतिनुहोस सरको मिटिङ्ग अब सकियो २ मिनेट पर्खनुहोस भन्न्दै शान्त पार्ने कोशिस गरे । साझको करिब छ बज्नै आटिसकेको थियो मैले यो सबै जालझेल र षड्यन्त्र बुझिसकेको थिए । अब साथीहरूलाई म गिरफ्तार भएको जानकारी गराउछु भनेर तयार के भएको थिए । यतिकै बेला डिएसपी सापले आफ्नो कार्यकक्षमा बोलाउनु भएको छ, जाउ भनेर सिपाहीहरुले मलाई कार्यकक्ष तिर लगे ।

मलाई बस्न अनुरोध गर्दै डिएसपीले सोधे तपाई बिप्लब पार्टीको विद्यार्थी सङगठनको ठूलो नेता हुनु हुदोरहेछ नि । अहिलेसम्म कति चन्दा उठाउनु भो ? कति शिक्षक तर्साउनु भो ? कति तोडफोड र बन्द हडताल गर्नु भो जस्ता विषय मलाई सुनाउन थाले । यतिकै मैले पनि प्रति उत्तर दिदै भने त्यसो होईन डिएसपी साप हामी जबर्जस्त चन्दा उठाउदैनौ स्वैच्छिक सहयोग लिन्छौ ! शिक्षामा भएको बिकृती बिसङगती र शैक्षिक माफीया दलालहरुको भन्डाफोर गर्दै समान शिक्षा र बैज्ञानिक शिक्षा प्रणाली लागू गर्न हामी शान्तिपूर्ण आन्दोलन भन्डाफोर अनि कार्यक्रम गर्छौ । तपाईंले सोचेजस्तो, भने जस्तो होइन डिएसपी साप भन्दै गतिलो जवाफ फर्काए ।

त्यसपछि अझ घुमाउरो तरिकाले मलाई तपाहरुले तपाईका नेताहरुले मलाई राख्ने खोर बनाउनु भको छ रे मैले सुनेको थिए । देखाउनु हेर्न जाउ कता छ्न तपाईंका जिल्लाका नेताहरु भन्ने जस्ता तर्क गर्न थाले यसको सवाल जवाफ भइरहेको थियो । यतिकैमा मुद्दाफाटको सहिसाप आएर मलाइ एउटा कागज हातमा थमाउदै भने तपाईंले अस्ति बन्दको दिन बन्द हडताल गरि गाडी तोडफोड गरेको हुनाले सार्वजनिक मुद्दा छ  तपाईंको नाममा भन्दै त्यो पक्राउ पुर्जिको कागल मेरो हातमा जबर्जस्त थमाइ दिए । यतिकैमा फेरि अर्को कागल मलाई देखाउदै भने अर्को पनि मुद्दा छ है यो पनि राख्नु होस मैले सोधिहाले यो फेरि किन ? ती सहिसापले जवाफ दिए तपाईंले चन्दा उठाएको भनी गुनासो हामिकहाँ आएको हुनाले अर्को पनि मुद्दा थप गरियो भन्ने जवाफ दिए म भने अक्क न बक्क परे ।

यसपछि मलाई हवल्दारले दुबै हातमा हडकडी लगाइ दिए । ति डिएसपीले म तिर हेर्दै  नम्र स्वरमा भने नआतिनुहोस तपाईंलाई अनुसन्धान गर्नु छ अनुसन्धान पूरा भएपछि त गैइहाल्नु हुन्छ, ढुक्कसँग बस्नुहोस भन्दै त्यहाँबाट पन्छिए मलाई त्यहाँबाट उता बन्द कसटडी तिर लैजान सिपाहीलाई आदेश गरे । मलाइ निकै अत्याचार भएको महसुस हुन थाल्यो । खुलमखुल्ला हत्याहिंसा बलात्कार चोरी डकैती भ्रष्टाचार कालोबजारी गर्ने आतंक मच्चाउने अनि राज्यको अरबौ अरब हिनामिना गर्ने करोडौं भ्रष्टाचार गर्ने कमिसन खाने विभिन्न किसिमका अपराधीहरू यिनै प्रहरीको सुरक्षाको बिचमा बडो गर्बका साथ छाती फुलाएर हिडछ्न रमाउछ्न ।

उनिहरु जस्ता द्लाल तस्कर अपराधीलाई सजाय दिने कुनै कानुन छैन तर भने देशको स्वाधीनता स्वाभाविमान जोगाउन खोसियका जनताका हकअधिकारका निम्ति आफ्नो जिबनको प्रबाह नगरी अन्यायको विरुद्धमा न्यायको बिगुल फुक्ने क्रान्तिकारी योद्धाहरुलाइ तिम्रो जेलनेल र कसटडिले कसरी छेक्ला र ? मनमा यस्तै ज्वालामुखी फुटन थाल्यो । यतिकैमा बन्द कसटडिको अगाडी पुगिसकेको थिए त्यहाँ धेरै मात्रामा सिपाहीहरु बर्दिमा हतियार सहित पोजिसनना खडा थिए । जो आफ्नो आधारभुत जिबनका लागि आफ्नो स्वाभिमानलाइ आफैले कुल्चियर जस्तोसुकै निर्देशन भएपनी हस साप भन्नू बाहेक अर्को विकल्प थिएन यो लाचार सुरक्षा निकायको नियति नै बनेको छ।

मलाई कोटगार्डमा लगेर म सँग भएका सबै  सामान पर्स बेल्ड माला डोरि पैसा मोबाइल फोन लगायत सबै सामान निकाल्न लगाइयो । त्यसपछि फेरि दुबै हातमा हडकडी लगाउदै भने स्वास्थ चेकजाँचको लागि अस्पताल जानुपर्छ गाडिमा बस्न आग्रह गरियो । साझको करिब ७ .०० बजिसकेको थियो । स्वास्थ चेकजाँचका लागि जिल्ला अस्पताल तिर जाने यात्रा सोझियो । बिनाअर्थ एक स्वस्थ मानिसलाई अस्वथ बनाइ अस्पतालमा लगेर जबर्जस्त चेकजाँच गरेर अनावश्यक ३०० रुपिया तिर्न बाध्य बनाइयो ।  स्वस्थ मानिसलाई अवस्थ बनाइ मुनाफा लिने माफियाहरु पनि हुदा रहेछ्न । सामान्य चेकचाच पछि मलाई पुन गाडीमा लगेर बसाल्यो । त्यसपछि गाडी चढेर पुन: प्रहरी कार्यलय तिर फर्कियौ पुगिसकेपछी डियुटी कक्षामा मेरो सम्पुर्ण विवरण टिपोट गरि भित्र छिर्न अनुमती दियो ।

बन्दी खोर : भित्र चारकोठे बन्द अँध्यारो कोठा पेन्ट पनि मेटिसकेको थियो । करिब १० सेन्टिमिटरको उचाइ रहेको उचाइमा बिछ्याइका ससाना फल्याग, साघुरो कोठा थियो । त्यस फल्यागहरुमा पुराना च्यातिएका सफा नगरेका  मैला गन्हाउने कम्बलहरु थिए जुन ओढने र ओछ्याने रहेछ्न । अहो ! खोर यस्तो पो हुदोरहेछ मनमा यस्तै कुराखेल्न थाले । त्यहाँ पुर्ब गिरफ्तार सहयोद्दा कम्रेड त्यँही हुनुहुन्थ्यो । हामिले हात मिलाइयौ  । म पनि यहि खोरमा बस्न बिबश भए । सबैसँग परिचय सहित भलाकुसारी सुरु  भयो । एकैछिन पछि एकजना सुरक्षागार्डले जानकारी दिए । खाना खाने कार्यक्रम सुरुभयो । मलाई  त के खाना मन लागथ्यो र यसो खाए झै गरे । मन भने सुन्तुष्ट भएन । त्यहाँ मेरो पहिलो अनुभव भएपनि म दृढ आत्मबिस्वास र निडरताका साथ रहनुको विकल्प थिएन ।

हामी सुत्ने तयारीमा लाग्यौं । खाना मन त थिएन । झन निन्द्रा त के लाग्थ्यो र सानो कोठा त्यसमाथि पनि सङ्ख्या बढी भएको हुनाले कोचाकोच र साघुरो थियो ! मलाई रातभरि मनमा अनेक किस्सा चलिरहे । निन्द्रा पटकै लागेन । अन्धकारमय निशब्द रात चारैतिर बन्द अध्यारो पर्खाल उडुस उपियाहरुको बिगबिगी ढोका बन्द गरि भोटे ताल्चा लगाएको बन्द पिजडा भित्रको चकमन्न बत्ति र जतिसुकै गन्धआउने कुरुप गन्ध गेट अगाडी हतियार भिडेको बर्दिवाल प्रहरी, जसले बन्दिहरुको सुरक्षा सहित आफ्नो डिउटिमा खटिएका थिए । खोरमा लगाइका भोटे ताल्चाका चाबिका छ्ल्ला पनि उनिहरुको हातमा थियो ।

बाहिर जान, ट्वाइलेट जान वा अन्य भेटघाट गर्न उनीहरुलाई बोलाएर अनुरोध गर्नु पर्ने हिरासतको नियम भने राती १० बजे पछि  बन्दीहरुलाइ चर्पी जान नदिने रहेछ । दिशापिसाब गर्न पनि प्रहरी साथीहरूले भनेको बेलामा ढोका नखोली दिने दिशापिसाबले च्याप्यो भने पनि छिटो खोलि दिनुहोस भन्दा पनि “तेरो घर हो र यो” जस्ता शब्दहरु फर्काउने गर्दा रहेछ्न । मलाई लाग्यो साच्चिकै प्रहरी पेशामा मानवीय सम्बेदना नै हुदोरहेन छ । यहि मानवीयता पनि उनिहरुलाइ यो दलाल निर्ङ्कुस फासिवादी सत्ताले दिइएको जागिर हो । प्रहरी भनेको हतियार हो । यसलाई सन्चालन गर्ने मस्तिष्क उचित र सहि भए मात्र सहि हुन सक्छ । युनिफर्म नै दोषी त होइन दोसि त त्यो हो जसले यसलाई गलत प्रयोग गर्छ ।

भोलिपल्ट मेरो गिरफ्तारीको खबरले सनसनी मच्चिएको रहेछ । मोबाइल अफ थियो । आफ्नो सङगठनको काममा खटिरहेको एउटा जिम्मेवार सहयोद्धा गिरफ्तार हुदा तरङ्ग पैदा हुने नै भयो चारैतिर गिरफ्तारीको खबर पुगिसकेको थियो ।

खोर भित्र विभिन्न मुद्दामा आएका बन्दिहरु थिए । सबैसँग मेरो परिचय भलाकुसारी हुँदै गयो । म जस्ता कयौं आरोपित निर्दोष बन्दीहरु पनि थिए । म राजनीतिक मुद्दाको त्यसमा पनि एक बिद्रोहि पार्टीको भएको कारण सबैले म सँग अनेक प्रश्न  र जिज्ञासा तेर्साउथे । सबैका आ-आफ्ना कथाब्यथा सुन्दा खेरी कर्तव्य ज्यान मुद्दा देखि लिएर बहुबिबाह, बालबिबाह जुवातास झै-झगडा र मादक पदार्थ सेवन गरि घर झगडा गर्ने देखि लियर १०००/१५०० रुपैयाँ चोरी गर्ने सम्म हिरासतको यो बन्द कोठिमा बन्देज थिए । यो सुन्दा मलाई अलि भिन्नै महसुस र भिन्नै चिन्तन हुन थाल्यो । मनमा अनेक तर्क बितर्क उठन थाले साच्चिकै मानव समाज यतिसम्म परजीवी भएछ कि एउटा हजार पन्ध्र सय रुपैयाँ चोर्ने र घर झगडा गर्ने समेत जस्ता स-साना कुराहरूलाई समाजमा नमिलाएर मुद्दा दर्ता गराएर लडिरहेका थिए । यो देख्दा मलाई साह्रै खिन्नता पैदा भयो । यो हिरासत कसटडिलाइ मानव बदशाला भन्दा फरक नपर्ला ।

हामिहरु सबैजनाले एकाअर्कामा आफ्ना आफ्ना कथाब्यथा साटदै थियौ । यतिकैबेला क्वाटरमा बसेका हवलदारले मलाई बाहिर निस्कन भने । तपाईंलाई माथी सहिसापले बोलाउनु भको छ , जाउ भन्दै मेरो दुबै हातमा हडकडी लगाएर मलाई मुद्दा फाटको कार्यकक्षमा लगियो । त्यहा मलाई खडा बनाइयो । एकछिन पछि सहिसापले मलाई एउटा कागज हातमा थमाउदै भने तपाईंलाई अझै १५ दिनको म्याद थपिएको छ । आराम सग बस्नुहोस । तपाईंको पार्टीमाथी प्रतिबन्ध छ । अनुसन्धान अलि बेसि गर्नुपर्ने छ,भन्दै त्यहाबाट मलाई लिन हवल्दार लाई आदेश गरे। त्यसपछि पुन: त्यही बन्द पर्खालको खोर भित्र पसे ।

साथीहरूले सोधिहाले, के रहेछ किन बोलाएका रहेछन नि ? मैले भने बसाई अब लामै समय होला जस्तो छ । म्याद थप गरियो । सबै साथीहरू अचम्मित मान्दै भन्न थाले तपाईंले के अपराध गरेर आउनु भएको छ र यतिदिन सम्म को म्याद थपगरीयो भन्ने जस्ता जिज्ञासा पोख्दै एउटा जनताको आवाज उठाउने जनताका मुद्दा उठाउने पार्टीका मान्छेलाई त यो सरकारले यसरी अपराधी बनाउछ भने हाम्रो झन के होला भन्दै तर्क बितर्क गरिरहेका थिए ।

तानाशाही निरङ्कुस सामन्ती सत्ता र यसका शासकहरु कति सम्म निर्मम र निर्दयी हुदारहेछ्न । यतिसम्म कि भेटना आएका आफ्न्ती लाई समेत भेटन नदिइ गेट बाटै फर्काइ दिइरहेका थिए  र जवाफमा उनीहरुलाई प्रतिबन्धित पार्टीका मान्छे हुन । राज्यद्वारा बन्चित गरिएका मान्छे हुन । तपाईंहरुले भेटन मिल्दैन । हामिलाइ माथिको यहि आदेश छ भन्दै भ्रामक कुरा गर्दै आतंकित र भयभित बनाएर फर्काइ दिएर भेटना आउना दिएका थिएनन । अन्य बन्दिहरुका आफन्तिजनहरु भेटना आउदा मन साह्रै खिन्न हुन्थ्यो । समयक्रम बित्दै गयो करिब १५ दिन पुगिसकेको थियो । मलाई हवल्दारले बयानको लागि सरकारी वलिक कार्यलय बोलाइएको छ, जानुपर्ने भो जाउ आनुहोस भन्दै मलाई बन्द कसटडी बाट बाहिर निकाल्दै दुबै हातमा हडकडी लगाएर गाडि भएतिर लगे हामी गाडी चढ्यौ । पुगिसकेपछि मेरो बयान सुरु गरियो । मैले सबै सत्यतथ्य आफनो बयान पेश गरे ।

त्यसपछि त्यहाँबाट फर्कियौ । मलाई अझै १२ दिनको म्याद थपगरिएको रहेछ । यतिदिन बितिसक्दा पनि आफन्तिलाइ भेटना आउन नदिनु बाहिर उज्यालो घाममा आउना नदिनु कुनै पनि पत्रपत्रिका र किताब पढन नदिनु नुहाउन सरसफाइ गर्न नदिइ नजर बन्द गर्नु कतिसम्म निरङ्कुस दमन हो ? यतिसम्म त हिजोको राणाको शासनले पनि गर्दैन्थ्यो होला । सायद एउटा राजनीति आस्था बिचार राखेकै भरमा अन्याय अत्याचारका विरुद्धमा बोलेकै भरमा एउटा सामान्य नागरिक लाई एक स्कुलले विद्यार्थीलाई यसरी दमन गरि न्यायहरण गर्नु नजरबन्द गर्नु कतिसम्म क्रूर दमन हो ? यो कसरी न्योचित हुनसक्छ ? गणतन्त्रमा यो हामी सबैले भोगेको र मनन गरेकै कुरा हो ।

मानव समाज सभ्यताको इतिहासमा सत्य, न्याय, अन्याय, हिंसा र शान्ति बिचको लडाइ यहि यस्तै न्याय अन्याय र दमन बिचको महासमग्रमा आज पनि दुई कित्तामा बिभक्त बिभाजित छ । अझैसम्म पनि अधिकांश मनुष्यहरु अन्याय शोषण दमनकै फेरो समाइ रहेका छन । सिमित मान्छेहरु मात्रा मानव मुक्तिको पक्षमा न्यायको बिगुल फुकिरहेको इतिहासको घडीमा अन्याय अत्याचार थिचोमिचो शोषणले अधिकार र स्वतन्त्रलाई अपद्स्त गरेजस्तो मानव दुनियाँबाट वास्तविक न्याय हरणमा परेजस्तो फेरि पनि न्यायको अनुभुती हुने उत्डपित जाती बर्गको शासन नआएको त हैन । तथापि मानव मुक्ति निम्ति उदाएका संसारभरका समाजवादी क्रान्तिहरु पनि साम्राज्यवादी गोलचक्करमा फस्दै आफ्नो सत्ता गुमाउन पुगेको  इतिहास साक्षी छ । अर्बौं मुक्तिकामि जनताको भयंकर पराजय पनि संसारमा आफ्नो गुमेको अधिकारको माग गर्दा जनताको आवाजलाई नरभक्षी राक्षसहरुले बुट बजारदै लुट मच्चाइरहेको दुखान्त क्षण हामी माझ जगजाहेररै छ ।

त्यसकारण अत्याचारको विरुद्ध न्यायको क्रान्तिकारी बिगुल फुक्नु पर्ने अनिवार्य सर्त भएको हुनाले बर्गमुक्तिको स्वर्णिम युग बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको लाल झण्डा मुनि एकाकर भइ दलाल सामान्ती शोषकहरु संसदिय ब्यबस्थालाई ध्वस्त पारी नयाँ जनवादी बैज्ञानिक समाजवाद प्राप्तिको लागि महान उदेश्य सहित देशको असमान बिभेदकारी शिक्षा प्राणालीमा व्यापक शैक्षिक बिकृती बिसङगती र शिक्षामा भएको माफियाकरण र अवैज्ञानिक शिक्षाको विरुद्धमा बैज्ञानिक समाजवादी शिक्षा लागू गर्न गरि छोडन दृढ संकल्प र प्रतिबद्धता सहित उदेश्यमा पुग्ने महान अभियानमा लामबद्द हुदैगर्दा शान्तिपूर्ण आवाज बुलन्द गर्दा समानताको पक्षमा वकालत गर्दै गर्दा परिवर्तनकारी क्रान्तिकारी नागरिक  माथि तथाकथित प्रतिबन्ध लगाएर जबर्जस्त न्यायलाइ बुटले कुल्चियर शासकहरुले दमन गरेर बन्द कोठिभित्र बन्देज गर्ने कुचेष्टा गरेर गिरफ्तारीको महिनौ बितिसक्दा पनि कुनै न्यायको आवाज बोल्न सकेन ।

बन्दी गराइएको करिब २९ दिन पुगिसकेको थियोे । म पत्रीका पढेर बसिरहेको थिए । यतिकै बेला क्वाटरगार्डका हवल्दारले मलाई मेरो नाम लिदै बोलाए । तपाईं जिल्ला अदालतले बोलाएको छ । जानुपर्ने भो । सायद आज नै तपाईंको फैसला हुन्छ् होला । अब त तपाई छुटनु हुने भयो प्रभाकर जि भन्दै  मलाई गाडीमा बस्नका लागि अगाडि तिर लगे । मेरो मन निकै हर्षित भयो । अब यो बन्द पिजडा भित्रको दुनियाँ बाट मुक्त भइने भो । मेरा दुबै हातमा हडकडी लगाइयो । त्यसमा पनि भोटे कुकुर बाध्ने साङ्लोले समातेर गाडिमा बसाइयो । मेरो वरिपरि बर्दिवाल हतियार सहितका सिपाहीले घेरिरहेका थिए । मलाई निकै रिस उठ्यो । बिद्रोहको रगत उम्लन थाल्यो । एकजना मान्छेलाई यतिजना हतियार सहितका मान्छेले घेरा हालेर दुबैहातमा हडकडी लगाइ त्यसमा पनि साङलोले बाधेर डोर्‍याउनु कतिसम्म अपराधी निर्दयी दासता हो  ? एउटा सामान्य हक अधिकार जनताको मुक्तिका खातिर देशको स्वाभिमान स्वाधीनताका निम्ति बिद्रोहको आवाज उठाउदै हिडेरहेको एक देशभक्त नागरिकलाई अपराधी र पशु-सरह व्यबहार गर्नु कतिको न्यायचित होला ? यो लोकतान्त्रिक गणतन्त्रमा यी यावत कुराहरुले मलाई झनझन आक्रोशित र आक्रमक बनाउदै लगिरहेको थियो ।

कतिखेर त लाग्थ्यो यहि हतियार खोसेर शासकको छातिमा प्रहार गरु तर यसको समाधान र अन्त्य यो बाट थिएन । यी गरेर हुने थिएन । किनकि यो सब त यो शासन ब्यब्स्थाले गर्न बाध्य बनाएको थियो । बिचरा राष्ट्रसेबक सुरक्षाकर्मी लाचार र बिबश छ्न । आदेश पालना गर्नै पर्ने छ । यो संसदिय ब्यबस्था र यसका संचालक दलाल तानाशाहहरुले गधा झै लादेर शोषण गरिरहेका छ्न । के दोस बिचरा जनताका छोराछोरी सुरक्षाकर्मी राष्ट्रसेवकलाई । बरु यो हतियार त तानाशाह निरङकुसवादी र साम्राज्यवादी बिदेशी एजेण्डहरु लाई तेर्साउनु पर्छ । मनमा यस्तै आक्रोश सहित अनेक किस्सा खेलिरहे । यतिकैमा अदालत गेट नजिक पुगिसकेको रहेछु । मलाई पत्तै भएन । यतिकैमा मलाई गाडिबाट ओरालेर अदालत भित्र प्रवेश गराइयो । त्यसपछि मलाई बयानको लागि तयार रहन भनी एकजना वकिलले हाम्रो नजिक आएर सुनाए । केही समयको पर्खाइ पछि मलाई बयानको लागि  बोलाइयो । मेरो दुबैहातम हडकडि र भोटे कुकुर बाध्ने साङ्लो लगाइएको थियो । मलाई साङ्लो निकालेर भित्र जान पठाइयो । यतिकैम वकिलले हातको हडकडि पनी खोल्न त्यहाँको हवल्दार लाई आदेश गरे । मेरो हातको हडकडी फुकालिदिए ।

आफ्नो बयान पेश गर्न अनुमती दिइयो । मैले आफ्नो तथ्य बयान सहित आफुमाथी लगाइएको झुटो सार्वजनिक मुद्दा र चन्दा उठाएको मुद्दा सबै झुटा बनिबनाउ भएको बताउदै प्रमाण भए ल्याउन चुनैती दिदै एक स्वतन्त्र विद्यार्थी माथी झुट्टा मुद्दा लगाएर बन्देज गर्नु कहाँ सम्मको अन्याय र अपराध हो, श्रीमान ? भन्दै आफ्नो बयान श्रीमान समक्ष पेश गरे । सवाल जवाफ चलिरहयो । अन्तिमा अदालतले मलाई निर्दोष रहेको ठहर गर्दै आजैको मितिदेखी छोडन आदेश दियो ।  मेरो मन उमंग ले छायो ।

अब बाहिरी खुल्ला दुनियाँमा रमाउन पाइने भो । म बाहीर निस्किए । मलाई अदालतले निर्दोष रहेको भनी छोडन आदेशको कागज हवल्दार को हातमा थमायो । अदालतको गेट बाहिर सिपाही तैनाथ थिए । सबैले तपाईं छटनु भयो , ल बधाई छ भन्न थाले । यतिकै बेला एउटा गाडी सरर अदालत बाहिर आयर रोकियो गाडिबाट इन्स्सपेक्टर सहितको टोलि ओर्लेर मलाई बोलाउदै आउनुहोस् गाडिमा बसौ । तपाईंको मेडिकल चेकजाँच गरेर छोडनुपर्छ । तपाइँको सामान पनि लियर जानुहोला भन्दै मलाई गाडी भित्र बस्न लगाइयो मेरो वरिपरि हतियार सहित बर्दिवाल सुर्क्षाकर्मी बसे । मेरो मनना शङका चलिरहेको थियो । अन्य अन्य ठाउँमा पनि पुन: अदालत परिसरबाटै गिरफ्तार गरेको खबर मलाई थाहा थियो ।

मलाई शंङ्का ह्वातै बढिसकेको थियो । हामी प्रशासन कार्यलय भित्र छिर्‍यौं । म गाडिबाट ओर्लिए । तपाईं एकछिन बस्नुहोस । हामी सामान ल्याइदिन्छौ अनि मेडिकल जाउला भन्दै हवल्दार क्वाटरगार्डको कोठातिर पसे । म बेन्चमा बसिरहेको थिए । मलाई एक जना असइ सापले एक छिन माथी डिएसपीसापले बोलाउनु भको छ, आउनुहोस भन्दै मलाई माथी कार्यकक्ष तिर लगे !।मैले हतार हतारमा सोधिहाले किन बोलाउनु भो सर ? यतिकैमा मुद्दा फाटको सहिसापले जवाफ दिदै भने, तपाईंले डिउटिमा भएका सुरक्षाकर्मी माथी अभद्र व्यबहार गर्नु भो रे।

साथै तपाईंलाई अर्को मुद्दा पनि छ, एनसेल टावरमा आगजनी गरेको । त्यसकारण तपाई फेरि अनुसन्धानको लागि छानबिन गर्नु छ । यो पुर्जी राख्नुहोस भन्दै मेरो हातमा राखिदिए । जवाफमा डिएसपीले के गर्नु प्रभाकर जि छोडन त मन थियो । के गर्ने माथिको आदेश छ, भन्दै त्यहाबाट पन्छिए मलाई पुन: हडकडी लगाइ पुन फेरि त्यही बन्द पर्खालको खोर तिर लगियो । मेरो त्यो मुक्त हुने खुसी एकै छिनमा निराश आक्रोशमा बदलियो । मैले आबेशमा आउदै भने अझैपनी अरु मुद्दा लगाउनुहोस जे जति छ्न । ती सबै हत्या बलात्कार जस्ता म भोग्न तयार छु । के यो देशमा कानुन न्याय छैन । के अदालत न्यायलय भन्दा माथी कोहि छ ? संविधान, कानुन अदालत नमान्ने दलाल सरकार मुर्दावाद ! भन्दै खोरभित्र पस्न बाध्य भए ।

यहि सन्दर्भमा शिक्षाबिद माथेमाले भन्नुभएको छ – “एक देशभक्त राष्ट्रप्रेमी, क्रान्तिकारी नागरिकले प्रश्न गर्छ । जे दिएको छ, जे भनिएको छ, त्यो चुपचाप मान्दैन गर्दैन । उसले बुझ्छ, हेर्छ देख्छ, आवश्यक परे चुनौती दिन्छ, अझ आवश्यक परे भने अपोजिसनमा पनि जान्छ ।  तर यहि आदेश चुपचाप स्वीकार्छ भने त्यो रैती हो । हामी स्वाभिमानी एक नागरिक हुन चाहान्छौ राज्यका हरेक नागरिक लाई नागरिक बनुन भन्ने चाहान्छौ ।

त्यसकारण रैतिकरणका रहस्य उदघाटन गरिसकेका निरङ्कुस सामन्ती शासकहरुले हामिलाइ घुमाइ फिराइ झुट्टा मुद्दा लगाइ जेल हिरासतको कठोर भित्ताहरुमा बन्दी बनाएर यातन दियर न्यायको बिद्रोहि आवाजलाई बन्चित गराएर कठोर शारीरिक मानसिक यातन दिएर रैति बनाउन  चाहान्छ्न । यो दलाल ब्यस्था र यसका संचालक हिटलरहरुको कुचेष्टा हो । यसका विरुद्ध सधैं क्रान्तिकारी योद्धाहरुले धावा बोलिरहन्छ्न । यसको समाप्तिका लागि निरन्तर अघि बढिरहन्छ्न । बढनुको विकल्प छैन अब ।
समयक्रम बित्दै गयो । नुहाउन सरसफाइ गर्न नपाएको पनि करिब ४९ / ५० दिन पुगिसकेको थियो । शरीरले सरसफाइ नपाएर चिलाउने गन्ध आउने भैसकेको थियो । कपडा पनि एक जोर मात्र भएको हुनाले बदल्न पनि पाएको थिएन । पुरै फाल्ने नै भैसकेका थिए  । त्यस फोहोर कपडा भित्र जूम्राहरु बढिरहेका थिए । त्यो बन्द खोर भित्र उडुस उपियाले त उतिकै सताएका थिए । झन जुम्रासमेतले नछाडे पछि शरीरलाई झन पीडा हुन थाल्यो ।

खोरमा भएका सबै बन्दिहरुसँग यो विषयमा मेरो प्रस्ताव को छलफल चलाए । उनीहरु सबै सकारात्मक देखिए । हाम्रो माग राख्न मैले क्वाटरगार्ड्को हवल्दार मार्फत डिएसपी सँग यो कुरा पुर्याउन प्रस्ताव गरे । भोलिपल्ट डिएसपी हामी बस्ने खोरको गेटनेर उभिएर मलाई किन बोलाउनु भो प्रभाकर जि ? के समस्या पर्यो हामी सबै बन्दिहरुले एक स्वरमा एक हप्तामा एक एकपटक नुहाउन पानुपर्ने दैनिकी एक घन्टा न्यानो घाम ताप्न पाउनु पर्ने जोडदार  माग राख्यौं । हाम्रो मागप्रति डिएसपी सकारात्मक देखिए । दिनमा तीन जनाको पालो आउने गरि सबैको पालो मिलाइयो ।

पहिलो दिनमा नै मेरो पालो मिलाइएछ । हातमा हडकडी लगाएर नुहाउन धारातिर लगियो । अनि नुहाइ सकेपछी म पुन: यथास्थानमा फर्किए। त्यसदिन अलि मलाई हल्का र रिफ्रेस भएको महसुस भयो । बन्दी भएको करिब ५४ दिनपछि नुहाउन पाउँदा शरीरले आनन्द मानेर त्यो दिन मिठो निन्द्रा सहित म निदाए छु ।

बिहान उज्यालो भयो । म उठेर पत्रीका पढन थाले । अडर गरेको चिया नास्ता पनि आइगुग्यो । चिया पिउदै गफगाफ गरिरहेका थियौं । यतिकै बेला मुद्दाफाँटको सइसापले आयर मलाई माथी अफिसमा ल्याउन क्वाटरगार्डको हवल्दार लाई आदेश गरे । मलाई हवल्दारले बाहिर आउना भनी गेट खोलिदिए । म बाहिर निस्किए । मेरो हातमा हडकडी लगाएर हवल्दारले माथी अपिस कक्षामा पुर्याए । मलाई बस्न भनियो । तपाईं गिरफ्तार भएको करिब दुइमहिना बितिसक्यो । तपाईंलाई हामी यसै छोड्न सकिन्न । तपाईंको पार्टी माथी प्रतिबन्ध छ । तपाईंको नाममा धेरै मुद्दा छ्न । भोलि तपाई माथी फौजदारी अभियोग लाग्न सक्छ । तपाईं लाई गाह्रो हुन्छ । तपाईंलाई हामी एउटा सहज सर्त,भन्छौ मान्नु भयो भने हामी तपाईं छोडिदिन्छौ ।

मैले सोधिहाले के सर्त नि सर ? सइसापले जवाफ दिए – संबिधान कानुनको पालन गर्छु । आजैदेखि यो पार्टी छोडेर राजिनामा दिएको कागज गरेर मिडियाकरण गर्नुहोस । हामी तपाईंलाई आजै छोडिदिन्छौ के तपाई सहमत हुनुहुन्छ ? मैले न हिचघिचाएर यस्को प्रतिपाद गरिहाले -“म बाट यस्तो कार्य हुदैन । हाम्रो आस्था, आदर्श र विचार कहिल्यै नछाड्ने प्रतिबद्धता छ । बरु महिनौ महिनासम्म पनि यहि बन्द हिरासत भित्र रहन सक्छु तर राजीनाम दिने, कागज गर्ने कायरता म बाट हुदैन । क्रान्तिकारीहरुका लागि हडकडी र नेल नेल गहणा हुन । जेल हिरासत बिश्वबिद्धालय हुन । जहाँ क्रान्तिकारी योद्धाहरुको पाठशाला हो । जहाँबाट नयाँ प्रतिबद्धताका साथ आफ्नो अडानमा डगमगाउदैन । आजसम्म कम्युनिष्ट कहि कतै झुकेका छैनन । आज पेरुमा क. गोन्जालोको आदर्शबाट हामी प्रेरित छौ । मैले मुखभरिको जवाफ फर्काए ।

उनले मलाई लैजान आदेश गरे । हामी खाना क्यानटिन तिर गयौं । खाइ सकेपछी मलाई पुन: फेरि बन्दी कोठाभित्र राखियो । म पहिले झै पत्र पत्रीका पढ्न थाले । दिउँसोको करिब तीन बजि सकेको थियोे । मलाइ जिल्ला प्रशासन जान हवल्दारले बोलाए । पहिले झै दुबै हातमा हडकडी लगाएर गाडिमा बसाईयो । ड्राइभरले गाडी जिल्ला प्रशासन कार्यलय तिर हुइकाए ……. ।

केही छिनमै हामी पुग्यौं । सुरक्षाकर्मिले सिडिओ कार्यलयको मुद्दा फाँटमा मलाई लगेर बसाले । मेरो सबै विवरण त्यस फाँटको कर्मचारीले टिपोट गरे । एकैछिन बस्नुहोस, सिडिओ साप बिजि हुनुहुन्छ, भन्दै कर्मचारी त्यहाँबाट बाहिर निस्किए । करिब साढे तीन हुनै आँटिसकेको थियो । मलाई सिडिओ सापले माथी बोलाउनु भो । मलाई अपिसमा उपस्थित गराइयो । आजको फैसला के हुन्छ भन्नेमा थिए केहि छिन पछि म तिर प्रशङ्ग गर्दै सुनाउन थाले – तपाईं तोडफोड, बन्द, हडताल, आगजनी, चन्दा असुली जस्ता कार्यमा संलगन भएको हुनाले तपाईंलाई अलि बढी धरौटीमा राखेर छोडनुपर्छ । त्यसो भकोहुनाले एकलाख राखिएको बताए । म झसङ्ग भए । एउटा राजनीति आस्था बिचारकै भरमा यतिसम्म ? यतिसम्म धरौटी तोकि बन्देज गर्नु कतिसम्म बरबरता बरबर दमन हो ? कतिसम्म अत्याचार हो ?मनमा ज्वालामुखी फुटन थाल्यो ।

मलाई चाँडो धरौटी बुझाएर मात्र छोडन सकिन्छ भन्दै सिडिओ कराए । समय आधा घन्टा मात्र थियो । एक लाख त के एकहजार सम्म धरौटी नराख्न सक्ने वर्गको मान्छे थिए । यहि म जस्ता हुदाखाने निमुखा वर्गका मुक्तिका लागि लडदै गरिहरेको योद्धासँग एकलाख जुटाउन सक्ने कुनै सम्भावना थिएन । म भावबिव्हल भए । निराश भए । केही समयपछि एकजना मुद्दा को कर्माचारिले तपाईं धरौटी तिर्न नसक्ने हो भने तपाईलाई कारागार चलान गर्छौं भन्दै हप्काउन थाले । यतिकैमा मैले एकजना सिपाही लाइ फोन दिन अनुरोध गरे । उनले सहजै दिए । मैले बाहिर साथीहरू र नेतृत्वलाई फोन गरेर सबै बेलि बिस्तार सुनाए । मलाइ धरौटी नतिर्न बरु कारागार जान सुझाव दिइयो । त्यति ठूलो रकम तिर्न सक्ने कुरा पनि थिएन । यदि तिरेपनि अर्को नयाँ वाहान बनाइ गिरफ्तार गर्ने हरकत अन्य जिल्लाका साथीहरूलाई गरिरहेको थियो । मैले धरौटी रकम तिर्न नसक्ने र नतिर्ने बरु कारागार जाने निधो गरे । मलाई एउटा कागज दिदै कारागार लिन आदेश गरियो । गाडिमा राखेर मलाई कारागार तिर प्रस्तान गराइयो ।

कारागार ………….

जेल स्वयंम रुखो र जर्जर ठाउँ हो । जहाँ सदब्यबहार र सहानुभूति कमै पाइन्छ । यहाँको शासन ब्यबस्था झनै निर्दयी र निरङ्कुस जस्तो छ । म भित्र छिर्न बितिकै त्यहाँको एकजना नाइकेले बोलाउदै “के अपराध गरेर आइस भन्दै हप्काउन थाल्यो । त्यहाँको सबै नियम सुनाउदै पालन गर्न आदेश गर्यो । अन्य नाइकेहरुले पनि आ-आफ्नो स्वरमा भन्न थाले । तिमी राजनीतिक केशमा आएका रहेछौ । धेरै जान्ने नबन्नु । यहाँ सबै हामिलाइ सोधेर मात्रै काम गर्नु भन्दै त्यहाँको सबै गतिविधि सुनाए । त्यहा धेरै बन्दीहरु थिए । सबैले आफ्नो – आफ्नो अपराध र मुद्दामा त्यहाँ बन्दी भएका थिए । करिब २५ देखि ३० जना अट्ने क्षमता भएपनी सयौंको सङ्ख्यामा कोचाकोच गरेर बसिरहेका थिए । त्यहाँ भएका बन्दीहरु प्राय: निकै भावुक र दु:खद कुरा गर्थे । त्यहाँ भित्रका नाइकेहरुको चरम दमनले उनिहरु सबै शोषित र पीडित थिए । अन्य बन्दिहरुलाइ धम्काउने, तर्साउने गर्दा रहेछ्न ।

नयाँ जानेहरुलाइ केहिदिन सम्म खुलेर बोल्न नदिने, सामान्य कुरामा पनि हप्काउने, कुटपिट गर्ने जस्ता कार्यहरु गरिदो रहेछ । मलाई यस्तो हर्कत देखेर एउटा प्रसिद ब्यतिको भनाइ सम्झना भयो -“असीमित शक्ति जसले हातपारेको हुन्छ, उसको मनलाई त्यही शक्तिले भ्रष्ट बनाइदिन्छ । यस अर्थमा अपराध गरेर गएको एउटा बन्दिले त शक्ति हातमा पारेपछि यतिसम्को हर्कतहरु गर्दा रहेछ्न भने झन कयौं बर्ष देखि शासन सत्ता समालेर बसेका बर्तमान बादशाहरुले दमन शोषण उत्पीडन किन नगरुन ।

कारागारमा हिरासत भन्दा अलि फराकिलो र खुल्ला हुदोरहेछ । पत्रपत्रिका पुस्तकहरु पढ्न लेख्न टेलिभिजन हेर्न रेडियो सुन्न गित सुन्न पाइदो रहेछ । पालो कुरीकुरि भएपनी हप्ता २ पटक टेलीफोन गर्न पाइने रहेछ । अलि समय बिताउन सहज हुदोरहेछ । म दैनिक टेलिभिजन हेर्ने पत्रपत्रिका पढने गर्थे । बाहिर राज्यले चरम दमन गर्दै नेताकार्यकर्ता शुभचिन्तकहरुलाइ धरपकड गरेर गिरफ्तार गरिरहेको थियो । दैनिक दर्जनौं नेताकार्यकर्ता गिरफ्तार गरिरहेएको खबर आइरहन्थ्यो । यतिसम्म सुन्न बुझन पाउँदा मलाई बाहिरी दुनियाँको जानकारी हुन्थ्यो ।

राजनीतिक धर्म अनुसार दमन, उत्पीडन, शोषण, शासन एउटा बर्गको राजनीति हुन्छ भने त्यसको प्रतिरोधमा अर्को बर्गको राजनीति हुन्छ । हामी हाम्रो धर्मको कारण बन्देज बनाइ जेल कालो कोठिसम्म पुगेका अथक योद्धाहरुलाइ आफ्नो आदर्श बिचार आस्था उदेश्य धर्म किन छोडिन्थ्यो र ? त्यस अनुरुप मैले त्यहाँ हुने हरेक अमानवीय व्यबहार असमानता, अन्याय जस्ता गतिविधिको बिरोध गर्न सुरु गरे त्यहाँ प्रत्येक महिनाको आधा आधा महिनामा उधारो हिसाबकिताब मिलाउने दिन आउदो रहेछ । सो दिन आउने बितिकै उधारो हुनेहरु छटपटाउने रहेछ्न । तिर्ने आफुसँग पैसा नहुदा धेरै बन्दिहरुको हकमा कमै हुदोरहेछ । कमाउने भनेको ज्याला आउने भनेको त्यही आफुले उत्पादन गरेका साम्रागी मुडा बुनेका, टोपी झोला चित्रहरु बाट न हो । त्यही पनि आउन महिनै आग्दो रहेछ । त्यसैले महिना आउने बित्तिकै बन्दिहरु छटपटाउने रहेछ्न । नदिउँ पिटाइ खाने डर । दिउँ भने गोजिमा छैन ।

अनि अर्को समस्या भनेको उधारो खाता बढाइदिने, टेलिफोन, पसल नास्ता, क्यानटिन जतासुकै हिसाब गर्दा डबल रुपमा बढाइ दिएका हुदारहेछ्न । थाह भएपनी बोल्न सक्दैनन् बन्दिहरु । कसैले सोधिहाल्यो भने पनि उसलाई हप्काउने कुटपिट गर्ने उस्तै परे अर्को ठाउँ तिर सरुवा गरिदिने गर्दा रहेछन । मलाई पनि त्यहाँका नाइकेहरुले गुमाउरो पारामा सम्झाउथे । हप्काउथे । नबोल्न भनी धम्काउथे तर पनि म त्यहँका सबै समस्या र सुधारको पक्षमा कुनै मानवाधिकारकर्मी अन्य संघसंस्थाका प्रतिनिधि आउदा सल्लाह सुझाव पेश गर्थे ।

आफ्नो बर्ग मुक्तिको, अन्याय, अत्याचार दमन शोषण उत्पीडनको अन्त्यको लागि उदेश्य प्रतिबद्धताको लागि जस्तोसुकै चुनौती सहन झेल्न तयार भएका योद्धा लाई झन यस्ता कुराले छुने कुरै भएन । अझ हामी जुन कुराको अन्त्यको लागि हिडेका छौ, त्यो हुदा बिद्रोह नगरी बस्न सक्ने कुरै भएन । सायद यो योद्धाहरुमा हुने स्वभाव हो । सामान्य नागरिक भन्दा क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी बिद्रोह न्यायको पक्षमा आन्दोलनमा लागेका योद्धाहरुमा भाबुकता मनोबेग पुर्ण भाबुगता धेरै हुन्छ भन्ने मलाइ महसुस हुन्छ । नत्र उसलाई कसरी सामाजिक अन्याय समानता विभेद र दमनका विरुद्ध आगो भएर उम्लिन सक्छ ।

त्यसकारण क्रान्तिकारी बिद्रोहको चिन्तन राख्नेहरुमा बढी माया सदभाबन र बदलाको चेतना हुन्छ हरेक मान्छेहरु तर्क गर्छन् । क्रान्तिकारीहरु हरेक पक्षमा शोक न सुर्ता भोक न भकारी हुन्छ ! यथार्थततामा त्यो होइन ! यदि यस्तो गुण कसैमा हुन्छ भने ती क्रान्तिकारी हुन सक्दैनन् । समाजबाट पलायन भएर स्वार्थी बन्न पुग्छन् । आफ्नै मुक्तिको बाटो खोज्न खरानी धसेर आफ्नो बर्ग र सामाजिक दायित्वबाट पन्छिएर केवल पृथ्वीको भारमात्र बन्न पुग्छ्न तर क्रान्तिकारी कम्युनिस्टहरु आफ्नो मात्र होइन सम्पुर्ण मानव समाजको मुक्तिका लागि लागि पर्छन् ।

दमन शोषण उत्ड्पिडन बाट मुक्त बनाउन, उन्नत जीवन मानबियता र न्यायपुर्ण समाज स्थापनाको लागि आफू आफ्नो जीवन समर्पित गर्छ्न यो अर्थमा सुर्ता गर्ने क्षमता हुन्छ । माया गर्ने भावना हुन्छ ।

त्यहाँ अधिकांश जबर्जस्त यो ब्यबस्थाले अपराधी बनाएका निर्दोषहरु थिए । यतिसम्म कि साठी बर्से बुढा ससुरा, बुबालाई बुहारीले स्याहर सुरसुसार गर्ने दु:खले करणिको आरोप लगाइ बर्षौं बन्दी भएर काराबास रहने सजाय दिएको थियोे । हत्याहिंसा देखि स-सान डकैती लागुऔषध ओसारपसार गर्ने सम्म थिए ।

यो त उनीहरु भन्दा यो संसदिय दलाल मुट्ठिभर शासन ब्यबस्थाले निम्त्याएको बाध्यकारि सङकट होइन र ? बेरोजगारी अशिक्षा भोको पेट पाल्न अनि यो पुजीवादी ब्यस्थाको रंगीचंगी सिको होइन र ?

त्यहाँ भएका कयौंन बन्दिहरुका आफन्तजन इष्टमित्र साथीहरू गेटमा भेट्न् आउथे । उनीहरुलाई केही खानेकुरा नयाँ लत्ताकपडा केही पैसा जस्ता सामान छोडेर जान्थे । यो देख्दा अनि आफ्न साथीहरू आफन्तजन नआउदा मन सार्है खिन्नता हुदो रहेछ । बाहिरी संसारको खुब याद आउदो रहेछ । आफन्तजनको याद आउदोरहेछ । प्रिय् मित्रहरूको याद आउदो रहेछ । म टेलिफोन गर्ने दिनमा घन्टैसम्म लाइन बसेर पनि फोन गर्थे । जेलजिबन यस्तै हुदोरहेछ सामान्य कुरा पनि मन हल्लाउदो रहेछ, किनकी हाम्रो मन अति गम्भिर हुन्छ ।

म साझको खानाखाएर टेलिभिजन खोलेर समाचार हेरेर बसिरहेको थिए । यतिकैमा समाचारमा प्रहरी र बिप्लब समुहका कार्यकर्ता बिच दोहोरो भिडन्त हुदा मुडभेडमा बिप्लब समुहका एक कार्यकर्ताको हत्या समाचार आयो । एकैछिनमा मेरो मन झसङ्ग भो भित्रभित्रै आक्रोश र पिडाको ज्वालामुखी फुटन थाल्यो । देशको स्वाधीनता जनताको जनतन्त्र जनजिबिका र दबिएका निमुखा किसान मजदुर दलित महिला सुकुम्बासीहरुको समान हक अधिकार र न्यापुर्ण मुक्तिका लागि शान्तिपूर्ण आन्दोलनमा आवाज उठाउदै गर्दा नागरिक लाई मुडभेडको नामम हत्या गर्नु कतिसम्म को निर्मम दमन र अत्याचार हो ? कहाँसम्म निरङ्कुस राणाशासन हो ? कहाँसमको हिटलरि दमन हो ? संविधान कानुन न्याय भन्दा कति न्याचित छ, यो राज्यबस्था यो शासन ब्यबस्था ?

आफ्नो आयु सकिएपछी पनि काललाइ म छ्क्ने कोसिस गर्छु भन्नू कति सम्मको मुर्खता र पागलपन हो ? आफ्नो दलाल ब्यवस्थाको असलफलताका जताततै छरपस्ट देखिना थालेपछि जनताले नयाँ निकास खोजिरहेको र यस्को नेतृत्व जिम्मा क्रान्तिकारी देशभक्तहरुले लिइरहेको हुनाले दलाल सत्तासिन शासकहरु आतिएर आफ्नो दलाल सत्ता सधैं चिरञ्जीवी बनाइ राख्न क्रान्तिकारी देशभक्त योद्धाहरुलाइ हत्या गरेर दमन गरेर स्वभाबिक रुपमा आन्दोलन सेलाएर जान्छ भन्ने दिवासपना देखेर निमोठ पार्न तल्लीन छ्न । आतंक मच्चाएर क्रान्तिकारिहरुको हत्या गरेपछि आन्दोलन सेलाएर जान्छ भन्ने सोचाइ सत्ताधारीहरुको हुन्छ । तर यो कुरा सत्य साचो हो कि आजसम्म दमनले कहिकतै पनि न्यायपुर्ण आन्दोलन रोकिएको र अन्त्य भएको छैन । चाहे त्यो हिटलरि दमन होस । चाहे चेङ्काइसेक खुस्चोभहरुले चलाएको दमन होस या राणाशासनले गरेको दमन होस या निरङ्कुस दरबारले चलाएको दमन होस । कहिकतै पनि एक रती न्यायको आन्दोल सेलाएको इतिहास छैन न। योद्धाहरु जित नभएको कतैपनी छैन ।

यदि यहि बाटोमा कुनै शासन ब्यबस्था र यसका संचालक शासकहरु हिडछ्न भने ती अवस्य पतन र निकाम हुन्छ्न । ती सदाका लागी बिनास हुन्छ्न । यी सबै बर्तमान दलाल निरङ्कुश सामन्ती ब्यबस्थाले यस्तै जनबिरोधी हर्कतहरु गर्दै पतनोउन्मुख दिशातिर लम्किएको हुनाले नयाँ जनवादी बैज्ञानिक समाजबाद स्थापनका लागि सो दलाल पुजीवादी तानाशाहहरुको ब्यस्था विरुद्ध जेल बसेको परेको हुना मेरो छाती गर्वले फुल्छ र भन्न मन लाग्छ – जनबिरोधी दलाल फासिवादी तानाशाही पतनोउन्मुख सत्ताको अन्य चाहाने योद्धाहरुले मारिनु, दुख पाउनु काराबासको सजाय पाउनु स्वाभाविक छ । यो मेरो हकमा पनि कुनै अनैठो कुरा होइन रहेन ।

अन्ततः करिब तीन महिना पछि एकलाख धरौटी तिरेर त्यो बन्द पिजडा बाट मुक्त भर खुल्ला आकाशमा निस्किए । हरेक जिबित बस्तुहरुले आफ्ना लागि बाच्न जानेका हुन्छ्न र आफ्नो अस्तित्वको लागि बाच्ने आम चरीत्र नै हो ! त्यो भित्रमा आम मानवहरुनै पर्द्छ्न तर यो चरीत्र भन्दा माथी उठेर अन्याय उत्डपिडन, शोषण दमनक विरुद्ध समानता, समाज र राष्ट्रका लागि परिस्थिति सँगै संघर्ष गर्ने महान योद्धाहरु क्रान्तिकारी नै हुन्छन् !

(गणेश क्षेत्री ‘प्रभाकर’ विप्लव नेकपाको विद्यार्थी संगठनका सल्यान जिल्ला अध्यक्ष हुन ।)

शीर्ष समाचार

धेरै पढिएको