June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
जनगणना बाटै हिन्दुहरुको जनसंख्या घटाउने षड्यन्त्र हुदैछ : विश्व हिन्दु महासंघ

जनगणना बाटै हिन्दुहरुको जनसंख्या घटाउने षड्यन्त्र हुदैछ : विश्व हिन्दु महासंघ

चैत ०७, सल्यान । विश्व हिन्दु महासंघ नेपालका नेताहरुले नेपालको जनगणना २०७८ को माध्यमा बाटै नेपालमा हिन्दुहरुको जनसंख्या कम देखाउने षड्यन्त्र भैरहेको दावि गरेका छन । शनिवार महासंघको सल्यान शाखाले श्रीनगरमा आयोजना गरेको धार्मिक जागरण तथा जनगणना संबन्धी सचेतना कार्याक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन ।

हिन्दु धर्मका विभिन्न शाखाहरुलाई छुट्टै र अलगथलग गणना गरेर नेपालमा हिन्दुहरुको जनसंख्या कम छ भन्ने देखाएर हिन्दु राष्ट्र स्थापनाको आन्दोलन लाई कमजोर बनाउन खोजेको उनिहरुले बताए । हिन्दु धर्मका मस्टो कुल पुज्ने तथा अन्य जातिहरुलाई प्रकृतिपुजक भनेर गणना गर्न खोजिएको उनिहरुको भनाई छ । हिन्दुधर्म विरुद्धको उक्त हर्कतलाई टोलटोलसम्म पुगेर सचेतना जगाउन उनिहरुले अनुरोध गरेका छन ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, उपाध्यक्ष द्वय : शंकर खराल र दधिराम शर्मा, केन्द्रिय सदस्य गुमान सिंह बस्तेत, शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारी, पूर्व जिविस सभापति धुर्वराज पुरी लगाएतको आतिथ्यता रहेको थियो । महासंघ सल्यान शाखा अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण पत्रकार डिल्ली राज रावतले गरेका थिए ।

कार्यक्रममा महाशक्ति योग सल्यानको तर्फा बाट गीता वलीको टिमले बिभिन्न योग प्रस्तुति पनि प्रस्तुत गरेको थियो ।

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको