September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
सल्यान उद्योग बानिज्य संघको बाणिज्य उपाध्यक्षमा भरत बस्नेत विजयी

सल्यान उद्योग बानिज्य संघको बाणिज्य उपाध्यक्षमा भरत बस्नेत विजयी

चैत १, सल्यान । सल्यान उद्योग बानिज्य संघको नयाँ कार्यसमिति चयनको लागी शनिबार भएको निर्वाचनको मत परिणाम अन्तिम चरण आईपुगेको छ । जम्मा खसेको २ हजार ३ मत मध्ये वेलुका ८ : ३० बजेसम्म कुल १८ सय मत गणना भैसकेको छ ।

 

१८ सय मत गणना हुदा संघको बाणिज्य उपाध्यक्ष पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वार भरत कुमार बस्नेतको जित सुनिश्चित भएको छ। हालसम्म उनले ९ सय ९० मत प्राप्त गरेका छन । अव जितको लागी उनलाई १२ मत मात्रै आवस्यक रहेको छ ।

तर उनका निकटतम प्रतिद्वन्दी प्रगतिशिल प्यानलका उम्मेद्वार बिरेन्द्र भण्डारीले हालसम्म ७ सय ४३ मत मात्रै प्राप्त गरेका छन । अब गणना हुने २ सय ३ मत सबै उनैलाई गयो भने पनि उनको जित हुने सम्भावना छैन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको