September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
निर्वाचन अपडेट : महासचिव पदमा संयुक्त प्यानलका रुपक भन्दा प्रगतिशीलका सारु अगाडी

निर्वाचन अपडेट : महासचिव पदमा संयुक्त प्यानलका रुपक भन्दा प्रगतिशीलका सारु अगाडी

चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनमा आइतबार बिहान ११:४६ बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको महासचिव पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार रुपक बुढा भन्दा उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका मोहन सारुले अग्रता कायम गरेका छन ।

 

 

 

८ सय मतगणना गर्दा महासचिव पदमा प्रगतिशील प्यानलका मोहन सारुले २९ मतले अग्रता लिएका छन । मोहन सारुले ३ सय ९६ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी संयुक्त प्यानलका रुपक बुढाले ३ सय ६७ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।

रुपक बुढालाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने सारुलाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ । संघको हिजो भएको निर्वाचनमा २ हजार ३ मत खसेकाे थियाे ।

हेर्नुहोस मत परिणाम :

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको