August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
बनगाड कुपिन्डे नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत रेग्मीलाई स्वागत

बनगाड कुपिन्डे नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत रेग्मीलाई स्वागत

दुर्गा विसि / फाल्गुन २१, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नयाँ सरुवा पदस्थापन भइ अाउनु भएका मनाेज रेग्मीलाई नगरमा स्वागत गरिएको छ ।

नगर प्रमुख गाेविन्द कुमार पुन, वडा अध्यक्ष माेमत राेका, यस अघि निमित्तकाे जिम्मेवारी सम्माल्नु भएका चक्रवहादुर रावत, इन्जिनियर महेश देवकाेटा र अन्य शाखा प्रमुख तथा कर्मचारीहरुकाे उपस्थितिमा स्वागत कार्यक्रम गरिएको हो ।

 

 

 

फाल्गुन १९ गते देखि नै नगरपालिकामा हाजिर हुनु भएका रेग्मी यस अघि अर्थ मन्त्रालयकाे राजश्व शाखामा कार्यरत रहनु भएको थियोे । अहिले आएर रेग्मीकाे दरवन्दि नै बनगाड कुपिण्डे नगरपालिका भएको र साेहि स्थानीय तहमा पदस्थापना भएको जनाईएको छ । हालसम्म बनगाड कुपिन्डे नगरपालिकामा सरुवा भैइ आउने र जानेको संख्या ९ पुगेको छ ।

 

शीर्ष समाचार

धेरै पढिएको