June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा राप्रपाको नगर स्तरीय कार्य समिति चयन

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा राप्रपाको नगर स्तरीय कार्य समिति चयन

दुर्गा विसि / फाल्गुन,१४ सल्यान। सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा राप्रपाकाे नगर कार्य समिति चयन भएको छ । शुक्रबार सल्लिवजारमा भएको कार्यक्रम बाट डिल्ली रानाको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको बताइएको छ ।

बैशाखमा हुने केन्द्रिय अधिबेशनको तयारीमा रहेको राप्रपाले सल्यानका स्थानीय तहहरूमा कार्यसमिति चयनमा तिब्रता दिएको हो ।

 

नगर स्तरीय कार्यसमिति चयनको क्रममा बाेल्दै प्रमुख अतिथि नेत्रलाल श्रेष्ठले देशमा नेकपाले राष्ट्रलाई छियाछिया पारेको बताउनु भयाे । “सर्वहारा कम्युनिस्टहरूका सल्यान जिल्लाका सल्लिवजार, बाग्चौर, शितलपाटि, कुमाख, कालिमाटी लगाएतका वजारहरुमा ठुला ठुला महल कसरी वने ? कम्युनिस्टहरूकै ठुला घर श्रोत के हाे ?” श्रेष्ठको प्रश्न थियो ।

राष्ट्र र राष्ट्रियता वचाउन राजा वाहेक याे देशमा अरुकाे परिकल्पना गर्न नसकिने बताउदै उहाँले कम्युनिस्ट र कांग्रेसिहरुकाे झुटा सफेत चिरफार गर्न अाफ्ना कार्यकर्तालाई निर्देशम दिनुभयो ।

साथै नेकपा र नेपाली कांग्रेस पार्टी प्रत्याग गर्नेहरुलाइ समेत साेहि कार्यक्रम बाट नगर कमिटीमा छनौट गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले नव प्रवेशिकालाई सदस्यता प्रदान गर्नेु भएको हो ।

राप्रपा प्रवेश गर्नेमा पूर्व साविक मुलाखाेला गाविस नेपाली कांग्रेसका सभापति मानवहादुर राना, कृति कुमारि नाथ, गाेपाल खड्का, धनिराम विक, भिमवहादुर वलि, फनेन्द्र साहु, धने पुन, चन्द्रकला कठ्यात, दुर्पती वादि, रेणु चौधरी, जयन्ती कामी, पठवहादुर वस्नेत, जुद्दे घर्ती, प्रकाश श्रेष्ठ, धने दमाई र चन्द्रवहादुर पुन रहेका छन् ।

रानाको अध्यक्षता चयन गरिएको कमिटीको उपाध्यक्षमा चुडामणि कुमाइ, सचिवमा माेहन नेपाली, सह सचिवमा मानवहादुर रानालाई छनौट गरिएको छ ।

नगर कमिटी गठन कार्यक्रम नगर इन्चार्ज शिव वली, युवा मोर्चाका जिल्ला अध्यक्ष अञ्जित श्रेष्ठ, केन्द्रीय सदस्य विमर्श प्रधान र प्रदेश सदस्य वालाराम शर्माले धारणा राख्नु भएको थियोे ।

शीर्ष समाचार

धेरै पढिएको