August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
बागचौरको ब्राइट राेजल्याण्ड बाेर्डिङ स्कुलले मनायो, १४ औं वार्षिकाेत्सब

बागचौरको ब्राइट राेजल्याण्ड बाेर्डिङ स्कुलले मनायो, १४ औं वार्षिकाेत्सब

फागुन १३, सल्यान । सल्यान क्षेत्र नम्बर १ को पहिलाे सस्थागत विद्यालय ब्राइट राेजल्याण्ड बाेर्डिङ स्कुलले आफ्नो १४ औं वार्षिकाेत्सब मनाएकाे छ । बागचौर नगरपालिका २ मा अवस्थित उक्त बोर्डिङ स्कुलले बुधबार १५ वर्षमा प्रवेश गरेकाे अवसरमा १४ औं वार्षिकोत्सब एक कार्यक्रमका बीच मनाएकाे हाे ।


बागचाैर नगरपालिकाका मेयर लाेकमान बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान प्राप्त गर्ने ८९ जना विद्यार्थीलाइ पुरस्कृत गरिएकाे थियो ।

कार्यक्रममा बोल्दै मेयर बुढाथाेकीले अहिले बोर्डिङ स्कुलले सरकारी विद्यालयहरुलाइ चुनाैती दिएकाे बताए । उनले बाेर्डिङ स्कुलले राम्राे नतिजा ल्याएकाे भन्दै सरकारी विद्यालयहरुले पनि यसबाट सिक्नुपर्ने बताए ।

त्यस्तै प्याब्सन नेपालका केन्द्रिय सदस्य महेश देवकोटाले ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले जुनसुकै अवस्थामा पनि आफ्नो बिद्द्ता एकेबद्दता र सामुहिकताका साथ विभिन्न क्रियाकलापहरु गर्दै अग्रस्थान कायम गरि अघि बढेको बताए । अन्य विद्यालयभन्दा फरक धार र पृथक तरिकाले यो विद्यालय निरन्तर कृयाशिल रहेको उनकाे भनाइ थियाे ।

सस्थागत विद्यालयलाइ सरकारले कुनै पनि खालको विभेद नगर्न उनले आग्रह गरे । बोलीमा मात्रै नभएर सरकारले ब्याबहारमा पनि सस्थागत विद्यालयहरुलाइ समेट्दै अघाडी बढन सके एक अर्का बिचको सम्बन्ध प्रगाढ हुन सक्ने उनकाे भनाइ छ ।

कार्यक्रममा विद्यालय अभिभावक संघका अध्यक्ष कमल वलि, प्याब्सन सल्यानका सचिव एवम विद्यालयका कोर्डिनेटर खिमराज डिसि शिक्षक तथा गायक शेर बहादुर डाँगी, स्वास्थ्यकर्मी भिम वलि, रिसोर्स बोडिङ्ग स्कुल बानपा ५ बाङ्गेलाखुरिका संचालक एवम प्रीन्सिपल हिमाल भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक गणेश केसीकाे सभाअध्यक्षता तथा प्रीन्सिपल इन्द्र भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप प्रमुख तारादेव शर्माले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको