May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
संसद पुनःस्थापन भएपछि सल्यानका विभिन्न ठाउँमा प्रचण्ड – माधव समुहको खुसियाली र्‍याली

संसद पुनःस्थापन भएपछि सल्यानका विभिन्न ठाउँमा प्रचण्ड – माधव समुहको खुसियाली र्‍याली

फागुण १२, सल्यान । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधब समुहले बुधबार सल्यानका विभिन्न स्थानमा खुशीयालीको र्याली गरेको छ । संसद पुनःस्थापना संगै नेकपाले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम गरेको हो ।

नेकपा शारदा नगरकमिटीको अायोजनामा खलंगामा भएको र्यालीमा नेकपाका केन्द्रिय सदस्य प्रकाश ज्वालाको सहभागीता रहेको थियो । त्यस्तै दार्मामा पनि नीम बहादुर केसीको अगुवाइमा र्याली सहित कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।

क्षेत्र नं. १ का नेता कृती बहादुर पुनको नेतृत्वमा बागचौरको बाँगेलाखुरीमा पनि र्याली सम्पन्न भएको छ भने प्रदेश कमिटी सदस्य तथा बागचौर नगरपालिका इन्चार्ज टिकाराम वलीको नेतृत्वमा थारमारेमा पनि र्‍याली र कोणसभा गरिएको छ । त्यस्तै कपुरकोटमा पनि भद्रसिंह बुढाको नेतृत्वमा कार्यक्रम भएको छ ।

 

नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले संविधानको रक्षा गर्दै सर्वोच्च अदालतले गरेको फैसलाको स्वागतार्थ असत्य, अन्याय र प्रतिगमनका विरूद्ध सत्य, न्याय र जनताको जीतको पक्षमा खुशीयाली आदान-प्रदान गर्न-गराउन जिल्ला भित्रको नेकपाका सबै स्थानीय तहलाइ अनुरोध गरेका थिए ।

अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

शीर्ष समाचार

धेरै पढिएको