June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती पुगेपछि खुसियाली

सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती पुगेपछि खुसियाली

फागुन ११, सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती बलेको छ । उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानिमा विजुली बाल्न सफल भएको हो ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ स्थित रामपुरमा मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर केसी र उपाध्यक्ष सनशिलता ओलि डिसीले संयुक्त रुपमा विद्युतको उद्घाटन गरेका हुन ।

एक करोड ३८ लाख रुपैयाँको लागतमा आ व २०७६र०७७ को स्वीकृत बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले जानकारी दिए ।

दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिमा उज्यालो छाउने छ भने यस विद्युत लाइनले तीन हजार घर धुरिलाइ सुबिधा प्रदान गर्ने छ ।

यस अघि वडा न यस अघि वडा न १ को लक्ष्मिपुरमा करिव ५ सय सय घरधुरिमा र वडा न ३ को लामिडांडाको ४० बढी घरधुरिमा विजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए ।

केही सातामै ४ करोड ५२ लाख को लागतमा बांकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत सहकारी र गाउंपालिकाको साझेदारिमा योजना संचालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओलि डिसीले बताइन । साथै गाउंपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन ।

लामो प्रतीक्षा पछि कालिमाटी गाउँपालिकामा विद्युत आइपुग्दा स्थानियहरु हर्षित भएका छन ।

शीर्ष समाचार

धेरै पढिएको