September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक प्रचण्ड द्वारा बिमोचन

तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक प्रचण्ड द्वारा बिमोचन

१० फागुन, काठमाडौं । नेकपाका युवा, विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक एक समारोहका बिच बिमोचन भएको छ । जनयुद्धका क्रमका ११२ वटा चिठीपत्र समेटिएको पुस्तकको मंगलबार जनयुद्धका सुप्रिमो कामण्डर तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक बिमोचन गरेका हुन ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर तिलकराज भण्डारीले पुस्तकका रुपमा बजारमा ल्याएका हुन् ।

‘जनयुद्धको क्रममा आदरणीय कमरेडहरुका निर्देशनमुलक र वैचारिक पत्र व्यवहारलाई संगठित गरेको छु, क्रमश अन्तरजिल्ला, जनमुक्ति सेनामा कार्यरत योद्धाहरुको पत्राचारलाई समेट्ने प्रयास भएको छ,’ सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए ।

२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए ।

त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि भिविन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई संकलन गरेर राखेका भण्डारीले पुस्तकका रुपमा सम्पादन गरेका हुन् ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको