June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
नेकपा सल्यानको अध्यक्षमा पूर्व एमालेका श्रेष्ठ, पूर्व माओवादी नेताद्वारा आफैलाई अध्यक्ष घोषणा

नेकपा सल्यानको अध्यक्षमा पूर्व एमालेका श्रेष्ठ, पूर्व माओवादी नेताद्वारा आफैलाई अध्यक्ष घोषणा

फागुन १०, सल्यान । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड – नेपाल पक्षले जिल्लामा नेतृत्व चयन गर्दा सल्यान जिल्लाको रिक्त अध्यक्ष पदमा पूर्व एमाले बाट चयन गरेपछि सल्यानमा पूर्व माओवादी खेमा असन्तुष्ट बनेको छ ।

उक्त पक्षले सोमबार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएपछि पूर्व एमाले बाट धिरेन्द्र श्रेष्ठलाई नेकपा प्रचण्ड – माधब समुहको सल्यान अध्यक्षमा चयन गरिएको थियो।

पार्टीले उक्त निर्णय गरेपछि सल्यानमा पूर्व माओवादी नेताहरूले सामाजिक संजालमा विभिन्न आसयका स्टाटस लेखेका छन भने पूर्व माओवादीको कोटाबाट यस अघि नै सचीव बनेका नेता कर्णबहादुर बुढाथोकीले चाहिँ खुलेरै बिरोध गरेका छन ।

नेकपाको जिल्ला नेतृत्व चयन भएको कुरा मिडिया मार्फत सुनेको र त्यहाँ आफ्नो नाम पार्टी सचिबमा लेखिएको भन्दै त्यसप्रती ध्यानाकर्षण भएको बताएका छन । “सहिदहरुको रगतको अबमुल्यण र ईमान्दार का्र्यक्रता को बेवास्ता भएकोछ ।” सामाजिक संजाल फेसबुकमा उनले लेखेका छ्न – “अल्पमतले (30% ले 70%) बहुमतको भावना लाई कुल्चदै पार्टी चलाउने कुरा के समभब छ ?”

यस्तो निर्णयले समग्रमा कम्युनिष्ट पार्टी बिघटन तिर जाने भएकाले भन्दै उनले निर्णय सच्याउन समबन्धित निकायलाई अनुरोध गरेका छन । साथै सल्यान जिल्लाको अधिकारीक र अनुमोदित अध्यक्ष आफु नै भएको उनको दावी छ ।

उनले लेखेका छन – ” समग्रमा यस्तो निर्णयले कम्युनि पार्टी बिघटन तिर लिदैछ । यो निर्णय सच्याउन समबन्धि निकायलाई अनुरोध गर्दै, सल्यान जील्लाको अधिकारीक र अनुमोदित अध्यक्ष म नै भएको ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु । साथै ईमान्दार सच्चा क्रान्तिकारीहरु एकजुट भएर सबै खाले खराबिको बिरुध्द डटेर संघर्ष गरौं।”

आज नेकपा ‘प्रचण्ड- माधब’ समुहको सल्यान सहित ६८ जिल्लाको अध्यक्ष सचीव टुङ्याएको थियो । सल्यान अध्यक्षमा धिरेन्द्र श्रेष्ठ चयन भएका हुन । सल्यानमा यस भन्दा पहिलाका अध्यक्ष गोबिन्द पुन केपि ओली समूह तर्फ लागेपछि उनको सट्टामा पूर्व एमाले बाटै अध्यक्ष चयन गरिएको हो । श्रेष्ठ पूर्व एमाले नेता हुन भने सचीवमा पूर्व माओवादी केन्द्रबाट चयन भएका कर्णबहादुर बुढाथोकीलाई नै निरन्तरता दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।

यस्तो छ सचीव कर्णबहादुर बुढाथोकीको स्टाटस

आदरणिय /प्रिय कमरेडहरु
आज मिडियाहरु ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्ष ले भिभाजन पछि को रीक्त पद पुर्ति गरेको कुरा सहित २०७७/११/०७को परिपत्र सार्बजनिक गरेको पुष्टि दिएकोछ।

उक्त परिपत्र मा मेरो नाम सल्यान जील्ला पार्टी कमिटी को सचिब मा राखेको पाईयो ।यश प्रति मेरो ध्यानकार्षण भएको छ। यो निर्णय दुःद छ,आप्तिजनक छ। सहिदहरुको रगतकोअबमुल्याण र ईमान्दार का्र्यक्रता को बेवास्ता भएकोछ ।अल्पमत ले (30% ले 70%)बहुमतको भावना लाई कुल्चदै पार्टी चलाउने कुरा के संभब छ ?

कति बिधि र बिधान सम्बत छ ?त्यसैले समग्रमा यस्तो निर्णयले कम्युनि पार्टी बिघटन तिर लिदैछ । यो निर्णय सच्याउन समबन्धि निकायलाई अनुरोध गर्दै, सल्यान जील्लाको अधिकारीक र अनुमोधित अध्यक्ष म नै भएको ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु । साथै ईमान्दार सच्चा क्रान्तिकारीहरु एकजुट भएर सबै खाले खराबिको बिरुध्द डटेर संघर्ष गरौं।

अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सल्यान
कर्ण बहादुर बुढाथोकी (छहारी)

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको