May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
केपी वलीले महाराजा प्रवृत्ति देखाए : पूर्व मन्त्री, बस्नेत

केपी वलीले महाराजा प्रवृत्ति देखाए : पूर्व मन्त्री, बस्नेत

माघ ११, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुुर बस्नेतले पार्टी एकताका निम्ती २०७५ जेठ ३ गते भएको सपथबाट कोहिपनि टाढा हुन नहुने बताएका छन । पार्टी एकता तलसम्म आईपुगेको भन्दै उनले माक्र्सवाद लेनिनवाद हुँदै समाजवाद उन्मुख जनताको जनवादले नै सबैखाले खरावी विरूद्ध लड्ने विचार भएको बताए ।

नेकपाले आइतबार सल्यानको शारदा न.पा. वडा नं. ८ र ९ को मार्केमा सपथ ग्रहण भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधनका क्रममा प्रचण्ड नेपाल समूहका नेता तथा पुर्व सामान्य प्रशासन मन्त्री बस्नेतले समाजको जीवन नै परिवर्तन गर्नुपर्छ भन्दै जनताले नसोचेको संसद विघटन व्यहोर्नुपरेको बेला आन्दोलनबाट पार्टीमा देखिएका खरावी विरूद्ध प्रतिरोध गर्नुपर्ने बताए ।

उनले मुलुकमा राजा नभएपनि संविधान तथा नियम भन्दा माथी बस्नेगरी केपीले आफुभित्र महाराजा प्रवृत्ति देखाएको भन्दै पार्टीको भर्‍याङ प्रयोग गर्दै अध्यक्ष, अध्यक्षको भर्‍याङ प्रयोग गर्दै प्रधानमन्त्री र प्रधानमन्त्रीको भर्‍याङ प्रयोग गर्दै देशैलाइ नै विघठन गर्ने गरी बर्वादीतिर लागेको बताए ।

केपीले जनताको कुरा सुन्न छाडेर दलालको मात्रै कुरा सुनेको भन्दै एमसिसि पास गराउने ध्याउन्नमा लागेको उनको आरोप थियो । केपी ओलीले अन्तरपार्टी निर्देशिकाका बुदाहरूलाइ पालना नगरेको भन्दै बस्नेतले पार्टी एकताको रक्षा गर्न, विधि पद्धतिमा काम गर्न र पार्टीलाइ संस्थागत बनाउन, समयमा महाधिवेशन बनाउन, सरकारका काम राम्रा गर्न, पदाधिकारीको क्षेत्राधिकार प्रयोग गर्न र संगठनका काम तलसम्म लिन केपी हिजोदेखि नै बाधक बनेको आरोप लगाए ।

केपीसंग पार्टी एकता गर्नु भनेको संविधान र अहिलेसम्म भएका उपलब्धिको रक्षा नै प्रमुख कुरा भएको बताउदै उनले केपीले भिन्न मतलाई स्थान नदिने र निषेध गर्ने गरेका बताए ।

कार्यक्रमलाइ नेता प्रकाश ज्वाला, महिला नेतृ कल्पना सेजवालले पनि सम्बोधन गरेका हुन । गम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डम्मर नेपाली र स्वागत मन्तव्य अंगसिंह सेजवालले राखेका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता लुट बहादुर केसी लगायत नेपाली काग्रेश, राप्रपाबाट दर्जनौ कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन ।

स्रोत : अनलाइन तहल्का
फाइल फोटो

शीर्ष समाचार

धेरै पढिएको