May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सल्यान काँग्रेसलाई जनकल्याण नमुना माविको जवाफ : ‘ऐलानी जग्गा एकीन गर्ने काम विद्यालयको हैन’

सल्यान काँग्रेसलाई जनकल्याण नमुना माविको जवाफ : ‘ऐलानी जग्गा एकीन गर्ने काम विद्यालयको हैन’

माघ ०२, सल्यान । जनकल्याण नमुना मावि थारमारेले नेपाली काँग्रेस सल्यानका सभापनि गणेश चन्दले पौष २९ गते जारी गरेको विज्ञप्तिमा विद्यालयको नाम जोडिएको भन्दै उक्त विज्ञप्तिप्रति विद्यालयको ध्याणकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा विद्यालयको नाम जोडिएपछि माघ ०२ गते विद्यालयको तर्फबाट एक विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रकाश भण्डारीले उक्त विषयमा विद्यालयको आधिकारिक धारणा सार्वजनिक गरेका हुन ।

नेपाली काँग्रेसको विज्ञप्तिमा उल्लेखित सन्दर्भमा जवाफ दिदै ‘विद्यालयको बजार क्षेत्रको जग्गामा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार बनेका घर टहरा बाट विद्यालयले नियमित रुपमा भाडा लिई रहेको र सो बाहेक अन्य घर टहरा बाट भाडा नलिएको जानकारी गराउदै प्रति ऐलानी जग्गाको एकीन गर्ने काम विद्यालयको नभएको विव्यस अध्यक्ष भण्डारी द्वारा जारी विज्ञप्तिमाबबताईएको छ । साथै सरोकारवाला निकायले जग्गा एकीन गर्दा अन्यथा ठहरीएमा सोही बमोजिम विद्यालयले कार्यन्वयन गर्ने पनि बताईएको छ ।

हेर्नुहोस, विज्ञप्ति :


प्रतिनिधि सभा विघटन विरुद्ध पौष २५ गते सल्यान प्रदेश सभा १ (क) को थारमारेमा भएको बिरोध कार्यक्रम को शिलशिलामा नेपाली कांग्रेस बागचौर नगर सचीव दिपेश डिसीले बोलेको अभिव्यक्तिलाई लिएर बागचौर नगर प्रमुख लोकमान बुढाथोकी र निजको परिवारले डिसी लगाएत आफ्ना नेताकार्यकर्ता हरूलाई अभद्र व्यबहार गरेको, मा’रपिट गरेको र बारम्बार ज्यानमार्ने धम्की दिएको भन्दै पौष २९ गते नेपाली कांग्रेस सल्यानको तर्फ बाट घटना प्रति ध्यानाकर्षण भएको बताउदै जिल्ला सभापति गणेश चन्दले बिज्ञप्ति निकालेका थिए ।

“आम सर्वसाधारण, सरोकारवालाहरू र सामाजिक संजाल प्रयोगकर्ताहरू बाट समेत अभिब्यक्त भावनाहरूको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस बागचौर नगरका नगर सचीव दिपेश डिसीले निज नगर प्रमुख बुढाथोकीले अतिक्रमण गरि बनाएको घर निजकै पूर्ण स्वामित्वमा भए स्पष्ट पार्न र ऐलानी प्रती मिचिएको भए सो घर सटरको भाडा स्थानीय नमुना माबिमा बुझाउनुपर्ने र यस बिषयमा विद्यालयको समेत प्रतिक्रिया आउनुपर्ने धारणा राखेकोमा सत्यतथ्यलाई सत्ता र शक्तिको आडमा दबाउन खोज्ने, नेपाली कांग्रेस वडा नं १० का वडा सभापती राजेश गिरि लगाएतका अन्य साथीहरूलाई मारपिट गर्ने, वक्ता दिपेश डिसीलाई बारम्बार जिउज्यान मा’र्ने ध’म्की दिने र आतंकित गर्ने कार्यको नेपाली कांग्रेस जिल्ला कार्य समिति सल्यान घोर निन्दा एवं भत्सर्ना गर्दछ” बिज्ञप्तिमा भनिएको ।

काँग्रेसको बिज्ञप्ति अनुसार कार्यक्रममा बोल्ने क्रममा नेपाली कांग्रेस बागचौर नगर सचीव डिसीले ‘मेयर बुढाथोकीले ऐलानी प्रति जग्गा मिचेर बनाएको भनिएको घरको सटरको भाडा स्थानीय नमुना माविमा बुझाउनुपर्ने र यस बिषयमा विद्यालयको समेत प्रतिक्रिया आउनुपर्ने धारणा राखेका थिए ।

काँग्रेसको बिज्ञप्तिमा कोड भएको र कांग्रेस बागचौर नगर सचीव डिसीले कार्यक्रममा बोलेको बिषय प्रति विद्यालयले शुक्रवार धारणा सार्वजनिक गरेको हो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको