August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, पहिलो सदस्यता जिल्ला समन्वय प्रमुखलाई दिइयो

सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, पहिलो सदस्यता जिल्ला समन्वय प्रमुखलाई दिइयो

सल्यान २७, पुस । सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सोमबार एक कार्यक्रम बिच स्वास्थ राज्य मन्त्री नवराज रावतले स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गरेको हुन ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशब बिष्टलाई पहिलो सदस्यता दिदै सल्यानमा स्वास्थ्य बिमा सुभारम्भ गरिएको हो । सुभारम्भ कार्यक्रममा दुई जना जेष्ठ नागरिक र अपांगता भएका एक जना व्यक्तिको परिवारहरूलाई पनि निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा बिमित गरिएको थियो ।

जिल्लाका दश वटा पालिकाका ८३ वटै वडा समेट्ने गरी सोमबारदेखि कार्यक्रम लागू भएको हो । स्वास्थ्य बिमा सुरु गर्नेमा सल्यान कर्णाली प्रदेशको अन्तिम जिल्ला हो भने नेपालमा ६३ औँ जिल्ला बनेको छ । यसै वर्षभित्र देशका ७७ वटै जिल्लामा यो कार्यक्रम पु¥याउने लक्ष्य रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पाँच जनासम्मको परिवार हुनेले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताउनुभएको छ । त्यसभन्दा बढी प्रतिसदस्य सात सयका दरले थप रकम तिनुपर्ने छ । बीमित परिवारलाई सूचीकृत अस्पतालबाट एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध हुने उहाँले जानकारी दिनुभएको छ ।

७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति विपन्न परिवार, एचआईभी लगायत गम्भीर रोग लागेका परिवारलाई निःशुल्क बिमा गराइने उहाँको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडाहरुमा कर्मचारीहरु परिचालन गरिने छ । दर्ता सहयोगीले घरघरै पुगेर हरेक परिवारलाई बिमामा आबद्ध गराउने जनाइएको छ ।

सोमबार सल्यानमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका सभापति प्रतीक इच्छुक शर्मा, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्ट लगाएत अतिथिहरूले जिल्लामा स्वास्थ्य बिमा सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको