June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
बागचौर नगरपालिकाले आफ्ना प्रमाणपत्र दुरुपयोग गरेको लेकवेसी मिडिया ग्रुपको आरोप

बागचौर नगरपालिकाले आफ्ना प्रमाणपत्र दुरुपयोग गरेको लेकवेसी मिडिया ग्रुपको आरोप

पौष २४, सल्यान । लेकवेसी मिडिया ग्रुप प्रालिले सल्यानको बागचौर नगरपालिकाले आफ्ना प्रमाण पत्रहरु दुरुपयोग गरेको आरोप लगाएको छ । बिहिबार बागचौर नगरपालिकाको फेसबुक आईडी बाट विभिन्न विषयलाई जोडेर लेकवेसी मिडिया ग्रुप प्रालि द्वारा सञ्चालित लेकाली अनलाईन डटकमको सुचना तथा प्रसारण विभागमा दर्ता भएको प्रमाणपत्र नविकरण नभएको भन्दै सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको बताउदै शुक्रबार, प्रालिका अध्यक्ष खकेन्द्र केसीले यस्तो आरोप लगाएका हुन ।

कम्पनी सुचिकरणको लागी भन्दै अनलाईन दर्ताको प्रमाणपत्र नविकरण नभएको सार्वजनिक गर्ने बागचौर नगरपालिकाको काम कानुन विपरित र गैर जिम्मेवार भएको उनले बताएका छन । प्रालि र अनलाईनको काम फरक भएको बताएदै उनले प्रालिले गर्ने कोटेसनका काममा अनलाईन दर्ताको प्रमाणपत्र आवस्यक नपर्ने र अनलाईनको अनुगमन सुचना तथा प्रसारण विभागले गर्ने भएकोले आफुहरु त्यहि विधि र प्रक्रियामा भएको बताएका छन ।

त्यस्तै कम्पनी सुचिकरणको लागी लेकवेसी मिडिया ग्रुप प्रालिले पेश गरेका प्रमाणपत्रलाई नगरपालिकाले लुकाएर फरक प्रमाण पत्र सार्वजनिक गरेर नगरपालिकाले अर्काे गल्ती गरेको उनले बताएका छन । नगरपालिका जस्तो जिम्मेवार निकायले आफ्ना गल्ती छोप्न बारम्बार अर्काे गल्ती नदाहोर्याउन समेत उलने आग्रह गरेका छन ।

पढ्नुहोस विज्ञप्ती :

पत्रकार बिरेनद्र डिसीले बागचौर नगरपालिकाको सुचना अधिकारी तिर्थराज डाँगी र कार्यालय प्रमुख रामबहादुर हमाललाई कमिसनको लागी सेटिङ मिलाएर विना प्रतिस्पर्धा काठ्माण्डौको कन्सल्टेन्सीलाई भिडियो डकुमेन्टी« बनाउने काम दिएको आरोप लगाएपछि विहिवार नगरपालिकाको तर्फबाट ध्याणकर्षण भएको बताउदै नगरपालिकाको फेसबुक आईडी बाट लेकवेसी मिडिया प्रालिको करचुक्ता नभएको प्रमाण पत्र र कम्पनी नविकरण नगरेको प्रमाणपत्र र कम्पनी द्वारा सञ्चालित लेकाली अनलाईनको सुचना विभाग दर्ता प्रमाण पत्र सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस :

कमिसन खाएको आरोपको बागचौर न.पा द्वारा खण्डन, चरित्र हत्या गरिएकोमा कानुनी उपचार अगाडी बढाईने

बागचौर न.पा.का हाकिम र आइटीले कमिसनको चक्करमा काठ्माण्डौंको कम्पनीलाई काम दिएको आरोप

 

 

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको