September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
बागचौर न.पा.का हाकिम र आइटीले कमिसनको चक्करमा काठ्माण्डौंको कम्पनीलाई काम दिएको आरोप

बागचौर न.पा.का हाकिम र आइटीले कमिसनको चक्करमा काठ्माण्डौंको कम्पनीलाई काम दिएको आरोप

पौष २२, सल्यान । सल्यानको बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख राम बहादुर हमाल र आइटी अफिसर तिर्थराज डाँगीलाई नगरपालिका तथा वडाको भिडियो डमुमेन्ट्री बनाउने जिम्मा कमिसनको चक्करमा लागेर प्रतिस्पर्धा बिना नै काठ्माणडौंको एउटा मिडिया प्रालिलाई दिएको आरोप लागेको छ ।

बुधबार सामाजिक संजाल फेसबुक मार्फत लामो लेख लेख्दै सल्यानका विभिन्न मिडियामा आवद्ध तथा नेपाल पत्रकार महासंघ सल्यानका सदस्य पत्रकार बिरेन्द्र डिसीले यस्तो आरोप लगाएका हुन । उनले लेखेका छन – “हाम्रो बागचौर नगरपालिकाका आइटी अधिकृत तिर्थ डाँगी कर्मचारी हुन कि मिडिया हावसका कमिसनवाला कामदार हुन ?”

बागचौर नगरपालिकाले यो आर्थिक वर्षमा भिडियो डकुमेन्ट्रीका लागि ७ लाख ६० हजार बजेट छुट्याएको, उक्त कार्यक्रम सल्यानका थुप्रै मिडिया हावस् (प्रालि)ले गर्न सक्ने र सो कार्यक्रमको लागी आफुहरू पनि इच्छुक भएर नगरपालिकामा कुरा गर्दा कोटेसन आह्वान गर्ने भनियता पनि नगरपालिकाका आइटी अधिकृत तिर्थ डाँगीले प्रतिस्पर्धा बिना नै काठमाडौंको एक मिडिया हावस् (प्रालि)लाई बोलाएर तिन दिनमै ७ लाख ६० हजार बजेटको भिडियो खिचेर पठाएको उनले आरोप लगाएका छन ।

केहि वडा कार्यालयहरुले आफ्नो मिडिया हावसलाई कार्यक्रम दिने भनेर पनि निर्णय गरेका तर वडा अध्यक्षलाई थाहै नदिइ आइटी अधिकृत तिर्थ डाँगीले काठमाडौंको एक मिडिया हावस् (प्रालि)लाई बोलाएर तिन दिनमै ७ लाख ६० हजार बजेटको भिडियो खिचेर पठाएकोले आशंका गर्ने ठाउँ भएको उनको दाबी छ ।

भिडियो डकुमेन्ट्र जस्तो महत्वपूर्ण चिज तिन दिनमै खिचेर बनाउन नसकिने र काठमाडौंको मिडिया हावसलाई बागचौरको खासै ज्ञान पनि नहुने उनले उल्लेख गरेका छन । उनले लेखेका छन – “हामी आफै अनुमान गर्न सक्छौंकी भिडियो डकुमेन्ट्र जस्तो महत्वपूर्ण चिज तिन दिनमै खिचेर बनाउन सकिदैन् । तर यहाँ त्यहि भयो । अनि काठमाडौंको मिडिया हावसलाई बागचौरको बारेमा कत्तीको ज्ञान हुन्छ तपाईहरु आफै अनुमान गर्नुहोस्…।”

वडाध्यक्षसँग समेत आफुहरुलाई थाहै नदिएर एक्कासी वडा कार्यालयमा आइटी अधिकृत तिर्थ डाँगी आएर भिडियोमा बोल्न लगाएको र पछि भिडियो डकुमेन्ट्रीको काम सबैआफुले लिएको र डकुमेन्ट्री आफैले नै बनाउछु भनेर आइटी अधिकृत तिर्थ डाँगीले वडाध्यक्षलाई दिएका जवाफ पनि आफुहरू सँग सुरक्षित रहेको उनको दाबी छ ।

आफुहरूले काम नपाएको भन्दापनी जिल्लामा थुप्रै मिडिया कम्पनी हुदाहुदै टाढाका मिडिया कम्पनीलाई भित्रभित्रै बोलाएर हाकिम र आइटी अधिकृतले सेटिङ मिलाएर गोप्य रुपमा प्रतिस्पर्धा नगराइकन काम दिने परिपाटीको अन्त्य हुनुपर्ने र दिनैपरे प्रतिस्पर्धा गराउनुपर्ने उनले बताएका छन । उनले लेखेका छन – “यसरी सधै बजेट छुट्याउने, स्थानीय स्तरमै राम्रो काम गर्ने मिडिया हावस् (प्रालि) हुँदाहुँदै पनि भित्रभित्रै हाकिम र आइटी अधिकृतले सेटिङ मिलाएर गोप्य रुपमा धेरै दुरी टाढाकालाई कार्यक्रम दिदा शंका गर्ने ठाउँहरु थुप्रो छ । यसरी बाहिर हाम्रो नाम देखाएर स्थानीय मिडिया हावस्का लागि बजेट छुट्याउने अनि सधै सिटिङका लागि बाहिरकोलाई कार्यक्रम दिने परिपाटी अन्त्य होस् । बाहिर दिनै परे पनि नियमसंगत कोटेशन आह्वान गरेर दिनुहोला । नगरपालिका हाम्रो हो र राम्रो बनाउने कर्तव्य पनि हामीलाई छ ।”

डिसी सल्यानका विभिन्न संचार माद्याममा कार्यरत छन । उनले लगाएको आरोपको बिषयमा प्रतिक्रिया लिन खोज्दा बागचौरका निमित्त प्रमुख प्रशासकिय प्रमुख रामबहादुर हमालको फोन रिसिभ भएन ।

यस्तो छ बिरेन्द्र डिसीले लगाएको आरोप :

हाम्रो बागचौर नगरपालिकाका आइटी अधिकृत तिर्थ डाँगी कर्मचारी हुन कि मिडिया हावसका कमिसनवाला कामदार हुन ?

हाम्रो बागचौर नगरपालिका सल्यानले यो आर्थिक वर्षमा भिडियो डकुमेन्ट्रीका लागि ७ लाख ६० हजार बजेट छुट्याएको आफ्नो निती तथा कार्यक्रममा सार्वजनिक गरेको थियो । उक्त कार्यक्रम हामी आवद्ध सल्यानका थुप्रै मिडिया हावस् (प्रालि)ले गर्न सकिन्छ । यो कार्यक्रमका लागि हामी इच्छुक थियौं र नगरपालिकाका प्रशासकीय अधिकृत राम बहादुर हमाल सर र आइटी अधिकृत तिर्थ डाँगीलाई प्रत्येक्ष भेटेर उक्त कार्यक्रमको बारेमा कुरा गरेका थियौं । त्यसपछि उहाँहरुले कोटेशन आह्वान गर्छौं भनेर विश्वास दिलाउनु भयो र हामी पनि त्यसको प्रतिक्षामा बसिऔं ।

चार लाख नगरपालिकाको डकुमेन्ट्रीका लागि, वडा नम्बर १ मा पचास हजार, वडा नं. २ मा एक लाख, वडा नं. ३ मा पचास हजार, वडा नम्बर ६ मा साठी हजार र वडा नम्बर ८ मा एक लाख गरेर कुल ७ लाख ६० हजार बजेट विनियोजन भएको थियो ।

केहि वडा कार्यालयहरुले हाम्रो मिडिया हावस्लाई कार्यक्रम दिने भनेर पनि निर्णय गरेका थिए । तर वडा अध्यक्षलाई थाहै नदिइ आइटी अधिकृत तिर्थ डाँगीले काठमाडौंको एक मिडिया हावस् (प्रालि)लाई बोलाएर तिन दिनमै ७ लाख ६० हजार बजेटको भिडियो खिचेर पठाउनु भएछ । हामी आफै अनुमान गर्न सक्छौंकी भिडियो डकुमेन्ट्र जस्तो महत्वपूर्ण चिज तिन दिनमै खिचेर बनाउन सकिदैन् । तर यहाँ त्यहि भयो । अनि काठमाडौंको मिडिया हावसलाई बागचौरको बारेमा कत्तीको ज्ञान हुन्छ तपाईहरु आफै अनुमान गर्नुहोस्…

हामीले यो बारेमा पनि धेरै वडाध्यक्षसँग समेत कुरा गरिऔं । उहाँहरुले आफुहरुलाई थाहै नदिएर एक्कासी वडा कार्यालयमा आइटी अधिकृत तिर्थ डाँगी आएर भिडियोमा बोल्न लगाउनु भएको बताए । पछि भिडियो डकुमेन्ट्रीको काम सबै मैले लिएको छु । अब यो डकुमेन्ट्री मैले नै बनाउछु भनेर आइटी अधिकृत तिर्थ डाँगीले वडाध्यक्षलाई भन्नुभएछ । वडाअध्यक्षले हामीलाई दिएका जवाफ हामीसँग सुरक्षित छन् ।

बिचरा वडा अध्यक्ष ज्यूहरु, आफ्नो वडामा आएको बजेट वडाका सबै जनप्रतिनिधिले एउटालाई दिने निर्णय गर्दा पनि नगरपालिकाका एकजना कर्मचारीले अर्कोलाई दिदाँ चुप लागेर बस्नुपर्ने अवस्था रहेछ । वडाको अधिकारमा कर्मचारीले नै हस्तक्षेप गरेछन् !

म बागचौर नगरपालिका भित्रको एक सचेत नागरिक भएको हिसाबले मेयरसाव र प्रशासकीय अधिकृत राम बहादुर हमाल सरलाई प्रश्न गर्न चाहान्छु । नगरपालिकाबाट डकुमेन्ट्रीका लागि यत्रो बजेट छुट्याउने अनि त्यो पनि नगरकै कर्मचारीले काम गर्ने यो कस्तो सिस्टम हो । तिर्थ सर आइटी अफिसर हो की मिडिया हावस्का कमिसनवाला कामदार हुनुहुन्छ । उहाँको को सँग मिलेमतो छ र कमिसनको खेल के छ शंका गर्ने ठाउँ धेरै छ ।

केहि दिन अघि कोरोनाको खर्च सार्वजनिक गर्दा पत्रकार सम्मेलनमा मेयरसावले मिडिया हावस् (प्रालि)ले गर्न मिल्ने काम सल्यान जिल्लाकै मिडिया हावसलाई दिने भन्नु भएको थियो । तर उहाँलाई पनि ७ लाख बढीको कार्यक्रम तीन दिनमै आइटी अधिकृतले काठमाडौंका मिडिया हावसलाई बोलाएर गराएको थाहा भएन की । कि त थाहा नपाएको जस्तो गर्नु भयो ।

हामी यो कार्यक्रम नपाएर बिरोध गरेको होइन् तर अघिल्लो वर्षमा पनि यस्तै भएको, यो वर्ष पनि त्यस्तै भएकोले नियम संगत गर्न सुझाव स्वरुप बोलेका छौं । यसरी सधै बजेट छुट्याउने, स्थानीय स्तरमै राम्रो काम गर्ने मिडिया हावस् (प्रालि) हुँदाहुँदै पनि भित्रभित्रै हाकिम र आइटी अधिकृतले सेटिङ मिलाएर गोप्य रुपमा धेरै दुरी टाढाकालाई कार्यक्रम दिदा शंका गर्ने ठाउँहरु थुप्रो छ । यसरी बाहिर हाम्रो नाम देखाएर स्थानीय मिडिया हावस्का लागि बजेट छुट्याउने अनि सधै सिटिङका लागि बाहिरकोलाई कार्यक्रम दिने परिपाटी अन्त्य होस् । बाहिर दिनै परे पनि नियमसंगत कोटेशन आह्वान गरेर दिनुहोला । नगरपालिका हाम्रो हो र राम्रो बनाउने कर्तव्य पनि हामीलाई छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको