June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
नेकपामा दुई अध्यक्ष रहने व्यवस्था प्रति नेकपा प्रदेश कमिटी सदस्य तथा युवा नेता अरुणको आपत्ति

नेकपामा दुई अध्यक्ष रहने व्यवस्था प्रति नेकपा प्रदेश कमिटी सदस्य तथा युवा नेता अरुणको आपत्ति

पौष १८, सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा २ अध्यक्ष रहने व्यवस्था प्रती नेकपा कर्णाली प्रदेश कमिटी सदस्य तथा सल्यानको दार्मा गाउँकमिटी इन्चार्ज र दार्मा गाउँपालिका सल्यानका गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले आपत्ति जनाएका छन ।

शनिबार सामाजिक संजाल फेसबुक मार्फत उनले आपत्ति जनाएका हुन । कम्युनिस्ट पार्टीमा २ अध्यक्षको व्यवस्था खारेज गर्नु पर्ने, उपाध्यक्ष पद पनि आवस्यक नभएको र प्रदेश, जिल्ला, पालिका र वडा कमिटीमा अध्यक्ष/सचिव भए जस्तै केन्द्रमा एक अध्यक्ष र एक महासचिवको व्यवस्था गरिनुपर्ने उनको मत रहेको छ ।

धेरै पद र धेरै केन्द्रीय सदस्य भएर पार्टी बलियो नबन्ने र धेरै पद र धेरै केन्द्रीय सदस्य पार्टीका लागि नभै पदभोगी व्यक्तिका लागि चाहिन्छ व्यहोरिसकेको उनको भनाइ छ ।

समस्या पात्रको नभई, प्रवृत्तिको भएकाले विचार, संगठन र विधिलाई नमान्ने “महाराजा प्रवृत्ति”को विरूद्ध संघर्ष गर्न उनले अपिल गरेका छन ।

उनले लेखेका छन – “कम्युनिष्ट पार्टीको विधानबाट मात्र केन्द्रीय कमिटीमा २ अध्यक्षको व्यवस्था खारेज गर्नुपर्छ, उपाध्यक्ष पद पनि आवाश्यक छैन। प्रदेश, जिल्ला, पालिका र वडा कमिटीमा अध्यक्ष/सचिव भए जस्तै केन्द्रमा एक अध्यक्ष र एक महासचिवको व्यवस्था गरिनुपर्छ।”

“धेरै पद र धेरै केन्द्रीय सदस्य भएर पार्टी बलियो बन्दैन, बरु कमजोर बन्छ। धेरै पद र धेरै केन्द्रीय सदस्य पार्टीका लागि हैन, पदभोगी व्यक्तिका लागि चाहिन्छ भन्ने त व्यहोरिसकियो। समस्या पात्रको हैन, प्रवृत्तिको हो, त्यसैले विचार, संगठन र विधिलाई संस्थागत गरौँ, “महाराजा प्रवृत्ति”को विरूद्ध संघर्ष गरौँ।”

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच पार्टी एकीकरण भए पश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकरण भएदेखि नै दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो ।

पार्टी एकीकरणको बिशिस्ट अवस्थामा दुई अध्यक्ष रहने व्यवस्था गरिए पनी समय बित्दै जाँदा सुरु भएको कुन अध्यक्ष सिनियर र कुन अध्यक्ष जुनियर, कुन कार्यकारी र कुन आलंकारिक भन्ने लगायत बिषयका विवादले नेकपा बिभाजन उन्मुख भएको छ ।

नेकपाका तत्कालीन दुई अध्यक्षको नेतृत्वमा अहिले २ छुट्टाछुट्टै समुहले कृयाशिल भएको बेला आफुलाई आधिकारिक नेकपा दाबी गरेर प्रथम अध्यक्ष भनिएका केपी शर्मा ओलीलाई कारवाही गरेको अध्यक्ष प्रचण्ड – नेपाल समुहले बरिस्ठ नेता माधव कुमार नेपाललाई केपी ओलीकै स्थानमा अध्यक्ष बनाएको छ ।

आफुलाई कारवाही गरेर आफ्नो ठाउँमा नेपाललाई अध्यक्ष बनाए पछि प्रथम अध्यक्ष ओलीले एक कार्यक्रममा ब्याङ्गे गर्दै “हामीले दुइटा आन्दोलन जुटाउन बिशिस्ट अवस्थामा २ अध्यक्षको व्यवस्था राखेका थियौं, आन्दोलन फुटाउन पनि २ अध्यक्ष चाहिन्छ र ?” भनेका थिए ।

बाहिर जे सुकै कारण देखाए पनि दुइ अध्यक्ष भएकै कारण दुई अध्यक्षको कार्यशैली र स्वार्थ नमिल्दा नेकपा बिभाजन उन्मुख भएको बिश्लेषणहरू हुने गरेका छन । बिभाजन उन्मुख भएको नेकपाको प्रचण्ड – नेपाल समुहमा अहिले पनि २ अध्यक्ष कायम गरिएको छ । यसरी २ अध्यक्ष राखिदा भबिष्यमा पुनः यस्तै विवाद सिर्जना हुने आँकलन गरिएको छ । प्रचण्ड – नेपाल समुहमा अहिले दुबै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने भनिए पनि दुबै अध्यक्षको बरियताक्रम तोकिएको छैन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको