September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
केपीको पार्टीमा अब केहि सुन्ड मुसुन्ड र गुन्डाहरू छन, गतिला मान्छे त्यहाँ छैनन् : मन्त्री ज्वाला

केपीको पार्टीमा अब केहि सुन्ड मुसुन्ड र गुन्डाहरू छन, गतिला मान्छे त्यहाँ छैनन् : मन्त्री ज्वाला

पौष १५, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, नेकपा कर्णाली प्रदेश सह ईञ्चार्ज तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाले केपी ओलीको पार्टीमा गतिला मान्छे नभएको बताएका छन । संसद विघटनका विरुद्ध मंगलबार सल्यान सदरमुकाममा नेकपा प्रचण्ड नेपाल समुहले गरेको बृहत प्रदर्शन पछी भएको सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन ।

“केपि वली सँग हामी थियौँ र केपिको पार्टीले जितेको थियो । केपीलाई हामीले जिताएका थियौं । अवको चुनावमा केपि वली गुटको हालत हिजोको अवस्थामा हुदैन ।” उनले भने – “अब केपि वलीको पार्टीमा केहि थोरै सुन्डमुसुन्डहरू होलान । केही चाहिँ सामान्य व्यक्तिहरू होलान । केही चै गुन्डाहरू होलान । त्यहाँ राम्रा गतिला मान्छे छैनन् । नेपाल कम्युनिस्ट पार्टीका योद्धाहरू क्रान्तिकारीहरू त्यहाँ छैनन् ।”


संसद विघटन विरुद्ध राजधानीमा लाखौं र जिल्ला जिल्लामा हजारौं कार्यकर्ता उपस्थितले प्रतिगमनलाई बिफल बनाउने र नेकपालाई बिजयी बनाउने च्यालेन्ज गरेको बताउदै उनले केपी ओली समुहलाई अब चुनाव जित्ने सपना पनि नदेख्न पनि सुझाव दिएका थिए ।

नेताकार्यकर्ताहरू प्रचण्ड नेपाल समुहमा भएको बताउदै उनले आधिकारिक पार्टी नेकपा आफुहरूको हुने दावी गरे । उनले भने जहाँ नेताकार्यकर्ता छ्न, त्यही नै आधीकारिक हुन्छ । अनेकौं प्रलोभन देखाएर लिएका १०० जना मान्छे आधिकारिक हुन्छ ? तपाईहरू आफै छुट्याउन सक्नुहुन्छ ।”

केपि ओली संबिधान र लोकतन्त्रको विरुद्धमा गएको बताउदै उनले निरंकुश राजा ज्ञानेन्द्रलाई ढाल्न सक्ने आफुहरूले केपि वलीलाई पनि सत्ता बाट, बालुवाटार बाट निकाल्ने बताए । उनले भने- “प्रतिगामी र असंवैधानिक कदम पराजित हुनेछ । ज्ञानेन्द्रलाई ढाल्नसक्ने वलीलाई ढाल्न कुनै आइतबार कुर्नु पर्दैन ।”

उत्साही र वली समुह प्रति आक्रामक देखिएका नेता ज्वालाले सभालाई सम्बोधन गर्दै सल्यानमा सोमबार सम्पन्न नेकपा ओली समुहको जिल्ला भेलालाई लक्षित गर्दै कडा टिप्पनी गरे ।

नेकपाले सल्यानमा ४५ हजार मत पाएको स्मरण गर्दै मन्त्री ज्वालाले हिजो जिविसको हलको कुनामा भएको भेलाको कुनै अर्थ नभएको बताए । उनले भने – ‘जिल्लामा हाम्रो ४५ हजार मत छ । जिविसको हलको कुनामा भएको भेलाले त्यो भोटमा कुनै खोट लागेको छैन ।’

ओली समुहको पार्टी जिल्लामा हिजो नै असफल भैसकेको र भंग भैसकेको उनले बताए । ‘प्रकाश, टेकबहादुर र उदयहरु हाम्रै पार्टीमा छन भनेर ढाट्दै छल्दै ल्याएका मान्छेहरुले त्यो पार्टी चल्नेवाला छैन ।’ उनले भने – ‘सल्यान जिल्लामा त्यो पार्टी हिजो नै खारेज भै सक्यो । असफल भै सक्यो । एक किसमले हारिसक्यो । नेकपा बाट उछिट्टीएका केही थोरै व्यक्तीहरुले अव त्यो पार्टी चलाउन सक्दैनन् ।’

सल्यान जिल्ला नेकपाको लाल किल्ला भएको बताउदै मन्त्री ज्वालाले ओली समुहको भेलाको तुलनामा आफ्नो समुहको कार्यक्रममा भएको उपस्थितिले पनि उनिहरुले हारेको कुरालाई प्रमाणित गरेको उनले बताए ।

संसद बिघटन विरुद्ध देशव्यापी विरोध कार्यक्रम अनुसार दिउसो १ बजे सदरमुकाम लुहापिङमा बाट र्याली सहित पुरानो बसपार्क, नेपाल बैंक, साहुटोल, हुलाक रोड, नेकपाको पार्टि कार्यलय हुँदै पुनः पुरानो बसपार्कमा आएर कोणसभाका परिणत भएको थियो । प्रदर्शनमा ओलीको असंवैधानिक कदमको विरूद्व चर्को नारा लगाएको छन ।

र्यालीमा गाउँ गाउँ बाट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिीति रहेको थियो । प्रदर्शनमा कणार्ली प्रदेश सह ईन्चार्ज प्रकाश ज्वाला, केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेत, संबिधान सभा सदस्य तथा केन्द्रिय सल्लाहकार उमाकान्त शर्मा लगायतका नेताहरूको शम्बोधन गरेका थिए ।

फाइल फोटो : उत्तर शाहु

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको