बढ्ता गरेभने प्रचण्ड, माधव र झलनाथलाई नख्खुको जेलमा कोच्नुपर्छ : डाँगी

बढ्ता गरेभने प्रचण्ड, माधव र झलनाथलाई नख्खुको जेलमा कोच्नुपर्छ : डाँगी

पौष १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य, तथा नेकपा ओली समुहका नेकपा ओली समुहले विस्तार गरेको नेकपा केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य नेता लोक बहादुर डाँगीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तथा नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले बढ्ता गरेपछि उनिहरुका काला कर्तुतहरुका फाईलहरु पल्टाएर नख्खुको जेलमा कोच्नु पर्ने बताएका छन ।

सोमबार सल्यान खलंगामा भएको ओली समुह निकट अगुवा कार्यकर्ताहरुको जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । माधव नेपाल पार्टी अध्यक्ष, झलनाथ राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने डिजाईन गरेर जनताले ५ बर्षको म्यान्डट दिएर सरकार संचालन गर्न पठाएकोे सरकार ढाल्न घेराबन्दी गरेको र प्रधानमन्त्रीका हात खुट्टा बाँधेर पौडि खेल्न जाउ भन्ने खालको व्यवहार गरिएको उनले बताए ।

दुई पार्टी विच एकता हुदा केपि ओली र प्रचण्ड अध्यक्ष भएको तर चुनाव हारे पनि प्रधानमन्त्री हुनै पर्ने, पार्टी अध्यक्ष हुनै पर्ने, पद र शक्तिमा हुनै पर्ने माधव नेपालले विचौलियाको चरित्रले प्रचण्डलाई उचालेर, सपना देखाएर पार्टीलाई विभाजन तिर लगेको उनको आरोप छ । तर माधव नेपालले देखाएका सपना देख्दा देख्दै उज्यालो हुने यद्यपि प्रचण्डको सपना पुरा नहुने उनको भनाई थियो ।

केपि ओली साहासी र हिम्मतिलो राजनेता र राष्ट्र नायक भएको बताउदै सेक्टरकाण्ड देखी आजसम्म निरन्तर पार्टीको अध्यक्ष भएका प्रचण्ड र मदन भण्डारीको रहस्यमय ह त्या पछि पार्टी सत्तामा आएमका माधव नेपाल लाई एकै चोटी माईतिघरको सडक पुर्याएको भन्दै उनले अध्यक्ष ओलीको प्रसंसा गरेका थिए ।

आफ्नो पुख्र्यौली सम्पती ट्रस्टको नाममा बझाई सकेका प्रधानमन्त्रीलाई भ्रष्टाचारी भन्ने र देशको गुमेको भुभाग फिर्ता ल्याउने नेतालाई राष्ट्रघाति भन्न नसुहाउने उनको भनाई छ । त्यस्तै संसदिय परम्परामा सभामुखले पार्टीको कार्यकर्ता बनेर संवैधानिक परिषदको बैठकालाई बहिस्कार गर्ने कुरा अनौठो भएको उनको टिप्पनी थियो । भारत सँग बिग्रेको सम्बन्ध सुधार्न नदिन षडेन्त्र भएको तर सरकारको कुटनिति सफल भएकाले भारत सँगको सम्बन्ध सुधार भएको उनले बताए ।

राष्ट्रपतिले वैशाख १७- २७ गते चुनाव घोषण गरेको कदमलाई स्वागत गर्नू पर्न र सफल सावित गर्नुपर्ने उनले जोड दिए । त्यस्तै पार्टीको आधिकारिकताको सवालमा कुरा गर्दै उनले निर्वाचन आयोगले दोस्रो अध्यक्ष भनेर प्रचण्डलाई नचिन्ने भएकाले आधिकारीक पार्टी केपि शर्मा ओलीले नेत्रृत्व गरेको नेकपा नै हुने उनले बताए ।

भ्रष्टाचारमा फस्ने भएपछि काम गर्न नदिन ‘प्रचण्ड – नेपाल’ले प्रधानमन्त्री विरुद्ध घेरावन्दी गरे : सेन

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य, कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष तथा नेकपा ओली समुहका नेता भिम बहादुर सेनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व एमाले भित्रका २ समुहको अन्तरविरोधमा खेल्न खोजेकाले पार्टीमा समस्या आएको बताएका छन ।

सोमबार खलंगामा भएको ओली समुह निकट अगुवा कार्यकर्ताहरुको सल्यान जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सरकारले गरेका काम कारवाहि, विकास निर्माण बारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विरोध नगरेको बेला आफ्नै पार्टीको प्रचण्ड – नेपालहरुले विरोध गरेको उनले बताए ।

पार्टी भित्र गुटबन्दी गरेर, प्रचण्ड – नेपालले पार्टी संचालन गर्न र सरकारलाई काम गर्न नदिएको नेता सेनको भनाई छ । ‘भ्रष्टाचार नियन्त्रणको लागी अख्तियार दुरुपयोग आयोग लगाएत, अन्य संवैधानिक अंगहरुका आयुक्तहरु लामो समय देखी खाली हुदा पनि नियुक्त गर्न दिईएन, भागबन्डा खोज्ने काम भयो ।’ उनले भने – ‘ आफुहरु भ्रष्टाचारमा फस्ने भएपछि काम गर्न नदिन प्रधानमन्त्री विरुद्ध घेरावन्दी भयो ।’

त्यस्तै नेकपाको विभाजन राजनितिक नभएको उनले बताएका छन । महाधिवेशनमा विचार , सिद्धान्त नमिलेर यो विभाजन भएको नभई सत्ता प्राप्तीको लागी मात्रै यो विभाजन भएको उनले बताए । प्रचण्ड नेपालले सडक संघर्ष गरेर प्रधानमन्त्री बन्न खोजेको उनको भनाई छ ।

प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव बाट हटाउने र राष्ट्रपातिलाई महाअभियोग लगाएर हटाउने सडेन्त्र भएपछि गलत मान्छेलाई सत्ता दिनु भन्दा ताजा जनादेशको लागी निर्वाचनमा जाने भनेर विशेषाधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको उनले दावि गरे ।

हामी वैधानिक केन्द्रिय सदस्य हौं, केन्द्रिय कमिटीमा हाम्रो बहुमत छ : गिरी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समुहले विस्तार गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा नेकपा सल्यानका नेता कुल बहादुर गिरीले आफुहरु पार्टीको आधिकारीका केन्द्रिय सदस्य भएको बताएका छन । सोमबार खलंगामा भएको ओली समुह निकट अगुवा कार्यकर्ताहरुको सल्यान जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

भर्खरैै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले केन्द्रिय सदस्यमा मनोनित गरेका केन्द्रिय सदस्यहरु वैधानिक होईन भनेर हल्ला फिजाईएको बताउदै उनले आफुहरु पनी नेकपाका आधिकारीक र वैधाकनिक केन्द्रिय सदस्यहरु भएको बताएका हुन । ‘४४७ केन्द्रिय सदस्यहरु जुन प्रक्रिया बाट केन्द्रिय सदस्य भएका हुन । त्यही प्रक्रिया बाट हामि पनि केन्द्रिय सदस्य भएका हौ ।’ उनले भने – ‘त्यसैले हामी आधिकारिक हौं । केन्द्रिय कमिटीमा हाम्रो बहुमत छ ।’

त्यस्तै चुनावी गठबन्धन पछि पार्टी एकता हुदा एमालेको नवौं महाधिवेशनमा पराजित भएका एमालेका पूर्व अध्यक्षहरुका कुन्ठा र आक्रोशहरुलाई मिलाएर अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई घेराबन्दी गरेर पार्टी र सरकार कब्जा गर्न खोजे पछि प्रधानमन्त्रीले उनिहरुलाई सत्ता सम्पीनु भन्दा जनताले दिएको शक्ती जनतालाई नै सुम्पीन जनादेश लिन खोजेको उनको भनाई थियो ।

पौष ५ गते प्रधानमन्त्रीको सिपारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजन उन्मुख भएको छ भने देश द्धन्द्ध तर्फ उन्मुख भएका छन । नेकपाकै प्रचण्ड नेपाल पक्ष सहित सवै राजनितिक दलहरु संसद विघटन र मध्यावधि निर्वाचनको विरोधमा रहेका छन । यसै सन्दर्भमा सोमबार सल्यानमा ओली समुह निकट नेता कार्यकर्ताहरुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा ओली समुहमा हालै मनोनीत गरेका केन्द्रिय सदस्य लोक बहादुर डाँगी, कुल बहादुर गिरी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु मनाेज सिंह, महेश देवकोटा, दिपेन्द्र डिसी, गनेशमान सिंह, सहनसिल्ता ओलि डिसी, लाेकेन्द्र खडका, पुष्पा बाेहरा, जित बहादुर चलाउने, देवेन्द्र राेका, घनश्याम शर्मा, जनक विक, ज्ञान प्रकाश शर्मा, इन्द्र खडका लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन दान बहादुर केसीले गरेका थिए ।

युवा र विद्यार्थी संगठनको जिल्ला भेला तोकियो :

यसै विच सल्यानमा केपि ओली शर्मा निकट नेकपाको युवा र विद्यार्थी संगठनको जिल्ला भेला हुने भएको छ । सोमबार भएको ओली समुह निकट नेकपाको जिल्ला भेला तथा अगुवा कार्यकर्ता भेलाले दुई वटा जन वर्गिय संगठनको भेलाको मिति र संयोजक तोकेको हो ।

समुहले आफु निकट युवा र विद्यार्थी संगठनको जिल्ला भेलाको लागी पौष २१ गतेको मिति तय गरेको छ । जिल्ला भेला सम्पन्न गर्नको लागी रामबहादुर केसीलाई विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी तोकीएको छ भने युवा संगठनको भेला सम्पन्न गर्नको लागी रुपक बुढालाई संयोजक तोकेको जानकारी दिईएको छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको