हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा बृहत प्रदर्शन ( फोटो फिचर सहित )

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा बृहत प्रदर्शन ( फोटो फिचर सहित )

पौष १२, सल्यान । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा प्रदर्शन भएको छ । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले आज सल्यान सदरमुकाम खलंगामा र्‍याली निकालेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापि कार्यक्रम अनुसार पौष १२ गते सल्यान सदरमुकाम खलंगामा र्याली आयोजना गरिएको बताइएको छ । र्‍याली सल्यान खलंगाको पुरानो बसपार्क बाट सुरु भइ जिल्ला प्रहरी कार्यालय सल्यान, नयाँ बसपार्क, नेपाल बैंक, ठन्डी सडक हुँदै पुनः पुरानो बसपार्कमा आएर कोन सभामा परिनत भएको थियो । र्‍यालीमा उनिहरूले राजा आउँ देश बचाउँ, तथा गणतन्त्र र धर्म निरपेक्षेता विरुद्धका बिभिन्न नाराहरु लगाएका थिए ।

र्‍याली पछीको कोनसभालाई राप्रपा पुर्व महामन्त्री तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य राजेन्द्र वीर राय, अनुबमसिंह श्रेष्ठ, नेत्रलाल श्रेष्ठ, प्रदेश सदस्यहरू बालाराम शर्मा, सौरभ, शिला बुढाथोकी लगाएत नेताहरूले सम्बोधन गरेका थिए ।

र्‍याली पछि भएको कोनसभाको अध्यक्षता राप्रपा जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले गरेका थिए भने कार्यक्रमको उद्घोषण सचीव नारायण कुमार शर्माले गरेका थिए ।

बढ्दै गएको भ्रष्टाचार, अनियमितता, विदेशी हस्तक्षेप, राजनितिक पार्टीहरुको लडाई झगडा तथा सत्ता सञ्चालनमा देखी राजनितिक र कुटनितिक मामलामा देखिएको असफलताको कारण राजाबादीहरुका आन्दोलनमा नागरिकहरुको सहभागिता बढ्दै गएको बिश्लेषकहरु बताउछन ।

फोटोहरु :

 

 

 

 

 

 

 

 

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको