September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
विवाद’का बीच दार्माको सहिद गेटमा राखिएका सहिदका प्रतिमाहरु अनावरण

विवाद’का बीच दार्माको सहिद गेटमा राखिएका सहिदका प्रतिमाहरु अनावरण

पौष १०,सल्यान । सल्यानको दार्मा गाउँपालिका ३ फारुलाको मुख्य  बजारमा निर्माण भएको सहिद गेटमा राखिएका सहिदहरुको प्रतिमा एक कार्यक्रमको आयोजना गरी अनावरण गरिएको छ  । शुक्रबार, दार्मा गाउँपालिका सहिद समाज दार्माको आयोजना र दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएका  जनयु’द्ध र जनआन्दोलनमा शा,हदत प्राप्त व्यक्तिहरुको प्रतिमा अनावरण गरिएको हो ।

नेपालका प्रथम सहिद लखन थापा, जनयु’द्ध,का प्रथम सहिद दिलबहादुर रम्तेल , ऐतिहासिक दोस्रो जनआ,न्दोलनका सहिद उमेसचन्द्र थापा  र श,स’स्त्र जनयु’द्धको क्रममा दार्मा गाउँपालिकाबाट शाहदत प्राप्त शहिद तथा  बेपत्ता योद्दा को प्रतिमा अनावरण गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

अनावरण कार्यक्रममा दार्मा गाउपालिका अध्यक्ष  निम बहादुर केसी, उपाध्यक्ष टिका शर्मा कार्यपालिका सदस्यहरु,  सबै वडाका वडा अध्यक्षहरु, नेकपा कर्णाली प्रदेश  परिषद् सदस्य सिपि ओली, सल्यान जिल्ला समन्वय  समिति सदस्य पोखर राज केसी लगायतले जनयु*द्ध र जनआ*न्दोलनका बारेमा मन्तव्य राखेका थिए ।  अनाबरण कार्यक्रमको अध्यक्षता दार्मा सहिद समाजका अध्यक्ष  पुर्ण बहादुर राणा र  संचालन सहिद परिवार अनिल चन्दले गरेका थिए ।

दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको सहिद गेटमा सहिदहरूको प्रतिमा सँगै नेपालको झण्डा र कम्युनिस्ट पार्टीको “हसिया हतौंडा” अंकित झण्डा राखिएको छ । गेटमा पार्टीको झण्डा राखेपछि नेपाली कांग्रेस पक्षधरहरूले उक्त  कदमको  च’र्को बि*रोध र आलोचना गरिरहेका छन ।

सरकारी बजेटमा निर्माण भएको गेटमा पार्टीको झण्डा राख्न नहुने र सहिदहरू सबैका साझा भएकाले सहिद गेटमा पार्टी बिशेशको झण्डा राखेर सहिदहरू पार्टीकरण गर्न नहुने उनिहरूको मत रहेको छ । तर दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले भने सहिद गेटमा राखिएको झण्डालाई बिरोध गर्ने भनेको बर्गिय दृष्टिकोणको कुरा भएको बताएका थिए ।

सामाजिक संजालमा चर्को आलोचना भएपछि डिसेम्बर १३ मा सामाजिक संजाल फेसबुक मार्फत प्रतिक्रिया दिदै उनले ‘देशका मुख्य मुख्य चोकहरू राजा राणाको शालिक राख्न मिल्ने, उनैका चोकहरू नाममा नामाकरण गर्न मिल्ने, उनिहरूले प्रयोग गरेका झण्डा राख्न मिल्ने तर सहिदहरूले उठाएको झण्डा राख्न किन नहुने भदै प्रश्न गरेका थिए ।

उनले लेखेका थिए – “बजारका चोक- चोकमा राणा, राजा र नेताहरुका फोटा र तिनीहरूसित सम्बन्धित झण्डा राख्न हुने, तिनकै नाममा चोक र शहरका नाम राख्न हुने, काठमाडौंको मुटुमा रहेको शहीद गेटमा ४ जना अमर शहीदहरु भन्दा माथि स्वर्गीय राजा त्रिभुवनको फोटा राख्न हुने (जो शहीद नै होइनन्), मसानघाटमा मृ’तकहरुको ला’समा पार्टीका झण्डा ओढाउन हुने, अनि,दार्मा गाउँपालिकाको शहीद गेटमा शहीदका शालिक, ती शहीदहरूले समातेको क्रान्तिको लाल झन्डा र नेपालको राष्ट्रिय झण्डा राख्न किन नहुने ? यो सबै वर्ग दृष्टिकोणको कुरा हो।”

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको