June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
सल्यानका सबै स्थानिय तहमा प्रचण्ड – नेपाल समुहको भेला, अधिकांश नेता कार्यकर्ता उपस्थित

सल्यानका सबै स्थानिय तहमा प्रचण्ड – नेपाल समुहको भेला, अधिकांश नेता कार्यकर्ता उपस्थित

पौष १०, सल्यान । विभाजन उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड – नेपाल समुहले सल्यानका दस वटै स्थानिय तहहरुमा अगुवा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समुहले आज एकैसाथ जिल्लाका ७ वटा स्थानिय तहहरुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको हो ।

आज जिल्लाका कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बनगाड कुपिन्डे नगरपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका र कालिमाटी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

भेलालाई नेकपाका प्रचण्ड – नेपाल समुहका प्रदेश तथा जिल्ला नेताहरुले सम्बोधन गरेको बताईएको छ । भेलामा पालिका स्तरिए अधिकांश नेता कार्यकर्ताहरु उपस्थित भएको उक्त समुहले दावि गरेको छ ।

प्रचण्ड नेपाल समुहले पौष ०७ गते जिल्लामा पहिलो चोटी बागचौर नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको थियो । त्यस्तै पौष ०८ गते जिल्लाको शारदा नगरपालिका स्तरिय भेला तथा प्रशिक्षण गरेको प्रचण्ड नेपाल समुहले पौष ०९ गते छत्रेश्वरी गाउँपालिका स्तरिय भेला तथा प्रशिक्षण गरेको थियो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा बिघटन गरे पछि नेकपा विभाजन भएको छ तर अझै औपचारिक रुपमा दुई दलको मान्यता भने पाई सकेको छनन् । बिभाजनको असर जिल्ला र स्थानिय स्तर सम्म आई पुगको छ । त्यस्तै सल्यानमा नेकपाको ओली समुहले पौष १३ गते आफु निकटको जिल्ला भेला आयोजना गरेको छ । शुक्रबार नयाँ दृष्टि सँग कुरा गर्दै जिल्ला अध्यक्ष गोविन्द पुनले यो जानकारी दिएका हुन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको