June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
करेन्ट लागेर दाङका डाँगीको सल्यानमा मृत्यु

करेन्ट लागेर दाङका डाँगीको सल्यानमा मृत्यु

पौष १०, सल्यान । सल्यानमा करेन्ट लागेर एक जनको मृत्यु भएको छ । शुक्रवार जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नं. ५ को लेखपोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

दाङको तुल्सीपुर बाट छत्रेश्वरी गाउपालिको वडा नं. २ दहखोला जाँदै गरेको ना ६ ख २९६२ यात्रुबाहक गाडीको छतबाट सामान निकाल्ने क्रममा उक्त बसका २१ बर्षिय सहचालक राजेश डाँगीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए ।

गाडी रोकि राखेको अबस्थामा छतबाट सामान झार्दै गर्दा मेन लाइनको रडले छुँदा दाङको दंगिसरण गाउपालिका वडा नं. ३ घर भएका डाँगीको मृत्यु भएको हो । मृतक डाँगीको शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

शीर्ष समाचार

धेरै पढिएको