September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा पौष १२ गते प्रदर्शन गरिने

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा पौष १२ गते प्रदर्शन गरिने

पौष ०९, सल्यान । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी सल्यानमा प्रदर्शन गरिने भएको छ । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागी राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको आयोजनामा पौष १२ गते सल्यान सदरमुकाम खलंगामा र्याली निकाल्ने तयारी भएको हो । र्यालीमा सहभागी हुन पार्टीले सबैलाई आह्वान गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापि कार्यक्रम अनुसार पौष १२ गते सल्यान सदरमुकाम खलंगामा र्याली आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानका सभापति नेत्रलाल श्रेष्ठले नयाँ दृष्टिलाई बताएका छन । देशको धर्म, संस्कृति, परम्परा र राष्ट्रियताको रक्षाको लागी देशमा राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना गर्न आवस्यक भएकोले र्याली आयोजना गरिएको उनले बताए ।

देशलाई दल भन्दा माथी उठेर अभिभावकत्व प्रदान गर्न र एकतावद्ध बनाउन देशमा साझा संस्थाको रुपमा राजसंस्था रहनुपर्ने उनको भनाई छ । त्यस्तै हिन्दु राष्ट्र, नेपालको पहिचान भएको उनले बताए । संघियता नेपाल जस्तो सानो देशलाई आवस्यक नभएको र प्रशासनिक व्ययभार मात्रै जनतालाई थपिने भएकाले संघियताकोे खारेजीको लागी पनि र्याली आयोजना गरिएको उनले जानकारी दिएका छन ।

पछिल्लो समय गणतन्त्र र धर्म निरपेक्षेता विरुद्ध देशभर विशाल प्रदर्शनहरु भैरहेका छन । प्रदर्शनहरुलाई विभिन्न राजावादी शक्तिहरुले नेतृत्व गरेपनि र्यालीमा नागरिकहरु स्वतस्फूर्त सहभागी हुने गरेको बताईएको छ । राजाबादीहरुले देशभर चरणबद्ध र्यालीहरु आयोजना गरिरहेका छन ।

प्रदर्शनकारीहरुले राजा आउँ देश बचाउँ, तथा गणतन्त्र र धर्म निरपेक्षेता विरुद्धका बिभिन्न नाराहरु लगाउने गरेका छन । बढ्दै गएको भ्रष्टाचार, अनियमितता, विदेशी हस्तक्षेप, राजनितिक पार्टीहरुको लडाई झगडा तथा सत्ता सञ्चालनमा देखी राजनितिक र कुटनितिक मामलामा देखिएको असफलताको कारण राजाबादीहरुका आन्दोलनमा नागरिकहरुको सहभागिता बढ्दै गएको जानकारहरु बताउछन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको