June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
सल्यानमा नेकपाका १२१ जना जिल्ला सदस्यहरू मध्ये ८५ जना ‘प्रचण्ड- नेपाल’ को पक्षमा

सल्यानमा नेकपाका १२१ जना जिल्ला सदस्यहरू मध्ये ८५ जना ‘प्रचण्ड- नेपाल’ को पक्षमा

पौष ०८, सल्यान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सल्यानका कुल १२१ जिल्ला कमिटी सदस्य मध्ये ८५ जना सदस्यहरु प्रचण्ड – नेपाल समुहको पक्षमा रहेका दावी गरिएको छ । जिल्ला कमिटीमा केपि ओली समुहको पक्षमा ३२ जना मात्रै सदस्यहरु रहेका र ४ जना सदस्यहरु अझै प्रष्ट खुलिनसकेको नयाँ दृष्टि डटकमलाई प्रारम्भीक जानकारी आएको छ ।

पूर्व माओबादी तर्फ :

प्रचण्ड – नेपाल समुहमा पूर्व माओबादी तर्फबाट : कर्णबहादुर बुढाथोकी ‘छहारी’, अजय रोका, अनन्त शर्मा ‘विन्दु गौतम’, कविराम बुढाथोकी, कमल विक , कल्पना पुन , कमला वली, ८) केशवराज शर्मा, किर्ति बहादुर पुन, गणेश शाहि, गणेशमान सिंह, गिता मल्ल, चन्द्र बहादुर राना, चन्द्र बहादुर रावत, चित्र बहादुर केसी, जित बहादुर पुन, टंक प्रकाश ढकाल, टिका बुढाथोकी, डिल्ली वली, डिल्लीराज जैसी, तिलविर बुढा, तिर्थराज बस्नेत, तिलक विक, तिलकराज भण्डारी, तुल्सीराज घर्ति ‘जनक’ रहेका छन ।

त्यस्तै पूर्व माओबादी तर्फ बाटै अमृत बुढाथोकी, दिपक यरी, दिपक शर्मा, दिल बहादुर घर्ति, दुर्गा बहादुर बुढाथोकी, धन बहादुर पुन, धर्म बुढाथोकी, नविनसिंह भडेल, प्रमोद श्रेष्ठ, प्रतिक ईच्छुक शर्मा, पुरुशोत्तम भट्टराई, प्रेम बहादुर खड्का, बिरबहादुर बिसी, बिर बहादुर बढा, मान बहादुर मल्ल, महोमद रसिद मिया, रमेश कुमार मल्ल, राम बहादुर केसी, राम बहादुर बस्नेत, राधा शर्मा घर्ति, रुद्रबहादुर घर्ति, लाल बहादुर वबाल, लोकमान बुढाथोकी, सेतिराम वली, शेर बहादुर केसी, हरीहर बुढाथोकी, हरी प्रकाश बुढाथोकी, हरीलाला डिसी, हर्ष बहादुर बुढाथोकी र हिमाल योगी पनि प्रचण्ड नेपाल समुह तिर रहेको नयाँ दृष्टिले जानकारी पाएकोछ ।

पूर्व एमाले तर्फ :

त्यसैगरी प्रचण्ड – नेपाल समुह तर्फ पूर्व एमाले बाट ईश्वरी बुढाथोकी, ओम बहादुर बुढा, कविकुमार चन्द ( दार्मा ), कल्पना सेजवाल, कु्मार राणा, केशरसिंह बुढा, गिरदल बोहोरा, जालना भण्डारी, टोप बहादुर विष्ट टोपेन्द्र केसी, निमबहादुर नेपाली, नियम बहादुर विक, प्रेम बहादुर डाँगी, बालकृष्ण महर, बुद्धि केसी, भिउसेन नेपाली, भिमलादेवि चन्द, भोला केसी, भोला प्रकाश बुढाथोकी, मोतिलाल घर्ति, रमेश गौतम, राजेश विक, राम कुमार खड्की, सरिता हमाल, शारदा परियार, शेरबहादुर रावत, हेमेन्द्र बुढाथोकी, ज्ञानबहादुर केसी र ज्ञानेश्वर केसी रहेका छन ।

ओली समूह तर्फ :

केपि ओली समुह तर्फ नेकपा जिल्लाा कमिटी सल्यानमा गोविन्द पुन, अनिता राई, आशा वली, ईन्द्र पुन, ईन्द्र बहादुर खड्का, कवि चन्द , कुलबहादुर गिरी, धनश्याम शर्मा (बागचौर), चन्द्रिका पुन, जनक विक, जितबहादुुर चलाउने, टिकाराम विक, टिकाराम बोहोरा, थमन केसी, दान बहादुर केसी, नर भुपाल शाह , नविन तमाङ, निर्मला रोका, पुष्पा बोहोरा, पुतला खड्का, भद्र बहादुर घर्ति, भैरव शाह, मनोज प्रधान, मनोज सिंह, रेशमराज शर्मा, लाल बहादुर रावत, लोकेन्द्रसिंह खड्का, ओजबहादुर बुढाथोकी, सहनसितला वली, ज्ञान प्रसाद शर्मा र ज्ञानबहादुर खड्का रहेका छन ।

त्यसैगरी पूर्व एमाले तर्फका दलबहादुर केसी ( दार्मा ) देवेन्द्र रोका, रविराज शर्मा, घनश्याम शर्मा (कपुरकोट) तटस्थ जस्तो देखिएको बुझिएको छ । यद्यपि यि सवै जिल्लामा केपि ओली समुह निकट रहने गरेको बुझिएको छ । यो प्रारम्भिक अनुमान भएकोले पछिसम्म केहि सदस्यहरू यताउता सक्ने आकलन गरिएको छ । पार्टी एकता गर्दा सल्यानमा पूर्व माओबादी बाट ६८ जना र पूर्व एमाले बाट ६७ जना सदस्यहरु रहने गरी नेकपा सल्यानमा १३५ जनाको जिल्ला कमिटी चयन गर्ने सहमति भएको थियो । तर पूर्व माओबादी बाट १४ जना पछि थप्ने गरि ५४ जना मात्रै जिल्ला कमिटीमा पठाए सिपारिस गरेपछि १२१ जनामा मात्र जिल्ला कमिटी बनेको थियो । बाँकी १४ जना थप्न नपाउदै पार्टी बिभाजन तर्फ उन्मुख भएको छ ।

 

आफु विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुन लागेको र राष्ट्रपति माथी महाअभियोग लगाउने षडेन्त्र भएको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले पोष ०५ गते संसद विघटन गरेपछी नेकपा विभाजन उन्मुख भएको हो । हिजो मात्रै प्रचण्ड नेपाल समुहले अध्यक्ष केपि ओलीलाई अनुशासनको कारबाहि गर्दै अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने केपि ओली समुहले नयाँ केन्द्रिय सदस्य थप्दै महाधिवेशन आयाजक समिति गठन गरेको छ ।

नेकपाको उक्त विवाद जिल्ला हुदै स्थानिय स्तरमा पनि आई पुगको छ । हिजो दुवै समुहले सल्यानमा नेकपा पार्टी कार्यालय कब्जा गर्न प्रयास गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको